सोल । उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो ।
जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ ।
उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ ।
मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकाङ्क्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ ।
उत्तरकोरियामाथि आक्रमण गर्ने अमेरिकी प्रयासलाई विफल तुल्याउन नयाँ रणनीतिक हतियार विकास गर्न आफूलाई बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवम् निर्णायक सैन्य कदम चाल्न उत्तरकोरिया तयार छ,” विज्ञप्तिमा भनिएको छ ।
सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरियाली प्रायद्वीपमाप जापानविरोधी भावना अद्यापि कायम छ । विशेष गरी उत्तरकोरियाले जापानको कठोर शब्दमा आलोचना गर्दै आएको छ । जापानका कारण आफ्नो देशले अकल्पनीय पीडा झेल्नुपरेको प्योङयाङको ठम्म्याइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: