दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् ।
कोदोको परिकार खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री नरेन्द्र तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकरलगायत उपस्थित थिए ।
ूहामीले कोदो र रागीबाट बनेको मिठाई लगायतका स्वादिष्ट परिकारहरू तयार गर्यौं जसका लागि कर्नाटकबाट विशेष रूपमा शेफहरू ल्याइएका थिए। प्रधानमन्त्रीले यहाँ खानाको आनन्द लिनु भएकोमा म खुसी छु,'कृषि राज्यमन्त्री शोभा करन्दलाजेले एएनआईलाई बताएकी छन् ।
आज तयार पारिएका परिकारमा कोदोबाट बनेको खिचडी, रागी दोसा, रागी रोटी, ज्वार रोटी, हल्दी सब्जी, बाजरा, चुर्मा लगायत थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तरराष्ट्रिय कोदो वर्षकोरूपमा मनाउँने घोषणा गरेको छ।
भारत सरकारले सन् २०१८ को अप्रिलमा कोदोलाई पौष्टिक अनाजको रूपमा सूचिकृत गरेको थियो त्यस पछि यसलाई पोशण मिशन अभियानमा समावेश गरिएको छ।
राष्ट्रिय खाद्य सुरक्षा मिशन अन्तर्गत १४ राज्यका २१२ जिल्लाहरूमा कोदोको लागि एक पौष्टिक अनाज कार्यक्रम लागू गरिएको छ।
एसिया र अफ्रिकामा कोदोको बढी उत्पाउन हुने गर्दछ । भारत कोदोको प्रमुख उत्पादन गर्ने देश हो जसमा कांगनी, कुटकी वा सानो कोदो, कोडोन, गंगोरा वा बार्नयार्ड, चाइना र ब्राउन टप ज्वार, बाजरा, रागी र साना कोदो लगायत विभिन्न प्रजातिहरू छन् । भारतका धेरैजसो राज्यहरूले एक वा बढी कोदो बालीका प्रजातिहरू उब्जाउँछन्।
विगत पाँच वर्षमा भारतले १३.७१ देखि १ करोड ८० लाख टन भन्दा बढी कोदो उत्पादन गरेको छ । भारतमा वार्षिक उत्पादनका दृष्टिले सन् २०२०/२१ मा सबैभन्दा बढी कोदो उत्पादन भएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: