Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव –प्रचण्ड प्रधानमन्त्री बन्नुस्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् ।

अहिलेको राजनीतिक कोर्सलाई पुरानै बाटोमा फर्काउन पनि एमालेले त्याग गरेर भएपनि माओवादीलाई प्रधानमन्त्री छोड्नु पर्ने उनको तर्क छ ।  सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले अहिलेको गठबन्धन टुटाउन एमालेले आवश्यक परेको त्याग गर्न तयार हुनुपर्ने बताए ।

नेम्वाङले नेपाली काँग्रेस र माओवादीसहितको गठबन्धनलाई अप्राकृतिक र अलोकतान्त्रिकको संज्ञा दिए । दिएका नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि नेकपा एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गरेर भएपनि अघि बढ्नुपर्ने उनको तर्क थियो । राजनीतिको रथलाई सही बाटोमा ल्याउन अहिलेनै पहल गरिहाल्नुपर्ने बताएका नेम्वाङले गैरराजनीतिक वा प्रधानमन्त्री बनिसकेका व्यक्ति राष्ट्रपति बन्नु गलत हुने बताए । शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल वा डा. बाबुराम भट्टराई राष्ट्रपति बन्ने सक्ने सम्भावनाको कुरा गर्दा नेता नेम्वाङको यो तर्क आएको हो ।

कार्यकारी प्रमुख भएर देश हाँकिसकेको व्यक्ति फेरि संवैधानिक जिम्मावारी पाएको राष्ट्रपति पदमा जान खोज्नु पदलोलुप हुने उनले बताए । सभामुखको हकमा भने जायज हुने उनको भनाई छ । सभामुखले संसदमा तटस्थ भूमिका निर्वाह गरेकाले पनि सभामुख राष्ट्रपति बन्नु अन्यथा नहुने उनले बताएका छन् । 

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने, एमालेले राष्ट्रपति लिने र अन्य वाम दललाईसमेत मिलाएर राजनीतिको नयाँ कोर्ष सुरु गर्नुपर्ने उनको निचोड थियो ।  नेकपा एमालेले चुनाव अघि नै नयाँ प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीलाई अघि सारिसकेको भएपनि नयाँ राजनीतिक परिश्थितमा नयाँ निर्णय लिनसक्नुपर्ने उनले बताए ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले यसका लागि आफूले दलका शीर्ष नेताहरुसँग सन्देश पुर्याईसकेको बताए ।  एमाले–माओवादी एकतामा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बाधक बनिरहेकाे उनले आराेप लगाए । नेता नेपाललाइ बाह्य शक्तिले यी दुइ ठूला कम्युनिषट मिल्न नदिन परिचालन गरेकाे हुन सक्ने नेम्वाङकाे आशंका थियाे । प्रतिनिधि सभामा नेकपा एमालेसँग ७६ सिट छ भने, माओवादीसँग ३२ सिट । संसदमा सरकार बनाउनका लागि २७५ सिटकाे बहुमत १ सय ३८ सिट चाहिन्छ । माओवादी र एमालेसहित केही वाम दल  मिल्दा सरकार बनाउन पुग्ने बहुमत बन्ने देखिन्छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies