Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

खबरडबली संवाददाता

काठमाडौ । नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ ।
 
नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।  
  
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलङ्काबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन कूटनीतिज्ञहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।
  
कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध रहेको नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई आर्थिक तथा सामाजिक गतिविधिसँग जोड्दै जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने समय आएको बताए । नेपालको शिक्षा, स्वास्थ्य, पुनर्निमाणलगायतका क्षेत्रमा श्रीलङ्ककाको महत्त्वपूर्ण सहयोग रहेको चर्चा गर्दै मन्त्री डा खड्काले आउँदा दिनमा दुई देशबीचको सहयोग र सहकार्यलाई जोड दिई जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने खाँचो औल्याए । 
 
नेपालका लागि श्रीलङ्काली राजदूत हिमाली सुभाशिनी अरुणातिलकाले अधिकांश जनता बौद्ध धर्मावलम्बी रहेको श्रीलङ्काको बुद्धको जन्मस्थल नेपालप्रति अगाध आस्था र विश्वास रहेको चर्चा गर्दै कूटनीतिका साथ आर्थिक सम्बन्ध विस्तारमा जोड दिई दुई देशका जनता लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे । 

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई सरकारका साथ जनस्तरमा समेत पु¥याउनुपर्नेमा जोड दिए।

पूर्वपरराष्ट्र सचिव एवं श्रीलङ्काका लागि पूर्वनेपाली राजदूत डा दुर्गाप्रसाद भट्टराईले सार्क मुलुकको सबैभन्दा सबल राष्ट्र श्रीलङ्कासँग व्यापार, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्नसकिने सम्भावना रहेको धारणा व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending