काठमाडौँ । संघीय संसद्का महासचिव भरतराज गौतमले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्धित पत्र लेख्दा कलुषित मनसाय नराखेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।
मंसिर २१ गते जबरालाई महाभियोगबाट क्लीन चिट दिने पत्रको कारण देखाउ आदेशको जवाफमा महासिचव गौतमले आइतबार सर्वोच्चमा आफ्नो कामको बचाउ गर्दै जवाफ लेखेका हुन् ।
लिखित जवाफमा गौतमले नेपालको संसदीय अभ्यास एवं परम्परामा हालसम्म एउटा प्रतिनिधि सभाको कार्यकालमा दर्ता भएको विधेयक एवं कुनै पनि प्रस्ताव अर्को प्रतिनिधि सभामा सरेको दृष्टान्त नरहेको जिकिर गरेका छन् । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली २०७५, नेपालको संसदीय अभ्यासमा तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त भए पश्चात अर्को प्रतिनिधि सभामा कार्यकाल समाप्त भएको सभामा दर्ता भएको कुनै पनि विधेयक एवं कुनै पनि किसिमको प्रस्ताव छलफलको भएको उदाहरण नदेखिएको उनको तर्क छ ।
उनले जवाफमा भनेका छन्, ’अतः प्रतिनिधि सभाको निर्वाचन प्रश्चात प्रतिनिधिं सभा गठन हुन लागेको अवस्थामा महाअभियोगको प्रस्ताव नयां प्रतिनिधि सभाले ग्रहण गर्ने संवैधानिक मान्यता तथा परम्परा रहेको भनी रिट निवेदनमा लेखेको विषय आफैँमा तथ्यविहिन रहेको हुँदा महासचिवको कार्य प्रथम दृष्टिमानै असंवैधानिक रहेकोले बदरभागी रहेको छ भन्ने रिट निवेदकको व्यहोरा कुनै पनि दृष्टिकोणबाट मनासिव देखिदैन ।’





यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...
फाल्गुन २७ गते, २०८२ - ०९:२७
सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...
फाल्गुन २७ गते, २०८२ - ०८:२३
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...
फाल्गुन २७ गते, २०८२ - ०८:१७
हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...
फाल्गुन २७ गते, २०८२ - ०८:१३
काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...
फाल्गुन २७ गते, २०८२ - ०८:०८
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...
फाल्गुन २७ गते, २०८२ - ०७:५३
गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...
फाल्गुन २७ गते, २०८२ - ०७:४६
काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...



प्रतिकृया लेख्नुहोस्: