इस्लामावाद । पाकिस्तानकी मन्त्री शाजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सक्ने धम्की दिएकी छन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न स्थानमा नभएको बताइन् ।
समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ शाजिया मारीले बोल न्यूजसँगको पत्रकार सम्मेलनमा यी कुराहरू बताएकी हुन्।
शाजियाले भनिन्, ‘भारतले हामीसँग एटम बम छ भन्ने कुरा बिर्सनु हुँदैन । हाम्रो आणविक स्थिति मौन बस्नने अवस्थाको छैन। आवश्यक परेमा हामी पछि हट्ने छैनौं।’
उनले भनिन्, ‘मोदी सरकारका कुनै पनि फोरममा भारतका मन्त्री यति अन्धो बनेर पाकिस्तान जस्तो आणवि शक्ति सम्पन्न राष्ट्रका लागि बकवास कुरा गर्न सक्छन् भने त्यो उनको दोष हो ।’
“मैले धेरै फोरमहरूमा मोदी सरकारले पठाएको कूटनीतिज्ञहरूको सामना गरेको छु। जहाँ यी मन्त्रीले संयुक्त राष्ट्र संघमा बोलेका शब्दहरू नै भनिएका छन्। पाकिस्तानलाई आतंकवादको केन्द्र भनिन्छ । यो उनीहरुको एक षड्यन्त्र हो।’
यद्यपि शाजियाले आफ्नो बयानपछि एएनआईको समाचारलाई रिट्वीट गर्दै लेखेकी छन्, ‘पाकिस्तान एक जिम्मेवार आणविक देश हो। भारतीय सञ्चारमाध्यमका कतिपय तत्वले हंगामा मच्चाउन खोजिरहेका छन् । भारतीय मन्त्रीको भड्कावपूर्ण भनाइप्रति पाकिस्तानी विदेशमन्त्रीले प्रतिक्रिया दिएका थिए । आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले भारतभन्दा धेरै गुमाएको छ । मोदी सरकारले अतिवाद र फासीवादलाई बढावा दिइरहेको छ ।’
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादास्पद बयानपछि शाजियाको बयान आएको हो । उनले भुट्टोको भनाइको समर्थन गरेकी छन् ।
बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर ‘गुजरातका कसाई’ जीवित छन् । र उनी भारतका प्रधानमन्त्री हुन् । प्रधानमन्त्री नहुँदासम्म उनलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको थियो ।’
उक्त वक्तव्यको भारतमा चर्को विरोध भएको थियो र भाजपाले पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो।
यसअघि संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र भएको भन्दै आलोचना गरेका थिए ।
बिलावल भुट्टोको भनाइको जवाफमा भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘यो कथन पाकिस्तानका अनुसार पनि एकदमै तल्लो तहको छ । पाकिस्तानका अल्पसंख्यकहरूको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन। उसलाई भारतलाई दोष दिने अधिकार छैन ।’ बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: