काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताएको छन् ।
काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताएको हो । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र मेधावी जनशक्ति पलायन भइरहेको छ भने अर्कातिर शिक्षाको लागि बर्सेनि अर्बौँ डलर मुलुकबाट बाहिरिने गरेको उहाँको भनाइ थियो ।
यस सन्दर्भमा काठमाडौँ विश्वविद्यालयले केही हदसम्म विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्वदेशमा उनीहरूले पढ्न चाहेको विषयमा गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर मिलाई प्रतिभा पलायन हुनबाट रोकिरहेकामा उनले प्रशंसा गरे । साथै उनले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गरी विश्व शैक्षिक रङ्गमञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याइरहेको बताउँदै विश्वविद्यालय परिवारलाई धन्यवाद दिए ।
प्रधानमन्त्री देउवाले भने, “यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय बनाउँदै जानेछ भन्ने मैले अपेक्षा लिएको छु ।”
उनले यस विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय, व्यावहारिक तथा प्राविधिक उच्च शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताए। “यस विश्विद्यालयबाट उत्पादित र दीक्षित गुणस्तरीय जनशक्तिले देशभित्र मात्र होइन विदेशमा समेत विभिन्न महत्वपूर्ण संस्थाहरूमा आबद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो”, प्रधानमन्त्री देउवाले भने ।
विश्वविद्यालय भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उद्घाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र भएको बताउँदै उनले विश्वविद्यालय राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिए। विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने उल्लेख गर्दै उनले त्यसमा काठमाडौँ विश्वविद्यालय देशकै उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा अग्रपङ्क्तिमा रहेकामा खुसी व्यक्त गरे।
प्रधानमन्त्री देउवाले विश्वविद्यालयले परम्परागत विषयका साथै मुलुकभित्र लुकेर रहेका खनिज पदार्थको पहिचान र विकास, ग्रिन हाइड्रोजन उत्पादन, जलविद्युत्को स्तरीय उत्पादन, वातावरणमैत्री सहर व्यवस्थापन, वनौषधीय जडीबुटीको खोज, अनुसन्धान र प्रवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरणलगायतका विषयमा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ध्यान दिनेछ भन्ने अपेक्षा लिए।
मुलुकमा भर्खरै मात्र प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि चुनाव सम्पन्न भई नयाँ सरकार निर्माण हुने चरणमा रहेको उल्लेख गर्दै उनले नयाँ सरकारले मुलुकको उच्च शिक्षाको विकास र विस्तारका लागि विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने र त्यस क्रममा यो विश्वविद्यालय पनि लाभान्वित हुने विश्वास दिलाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: