Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड

खबरडबली संवाददाता

कैलाली । कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। 

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगे।  धान बिक्रीका लागि आउनुभएका उहाँ रातभर त्यहीँ बसे । लाइनमा बसेका गर्भुको बुधबार पनि पालो आएन । 

“दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।” उनले भने, “असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ ।”

जानकी गाउँपालिका–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताउँछन्। बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गर्नुभएका उहाँले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसकेका छन्। 

घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उहाँले बताए।

“बजारमा प्रती क्विन्टल रु दुई हजार चार सयका दरले धान बेचेर घरको खर्च जोहो गर्नुपर्यो । बाँकी धान बिक्रीका लागि खाद्यको बिक्री केन्द्रमा ल्याएर आएको छु”, चौधरीले भने, “घरबाटै खाना ल्याएर यतै खाँदै बसेको छु । खुला आकाशमुनि चिसोमा पालो कुरेर बस्नुपरेको छ ।”
    
टीकापुर नगरपालिका–१ का रामचरण चौधरी बुधबार मात्रै ट्र्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुगेका थिए। उनको पालो एक सय ७९औँ स्थानमा छ । उहाँलाई धान बिक्री गर्न तीन दिन यहीँ बस्नुपर्ने बाध्यता   छ । 

“धान बिक्री गर्न पालो कुर्नुपर्ने अवस्था छ । चिसो मौसममा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ ।” उनले भने, “ठाँउठाउँमा काँटा लगाएर धान खरिद गर्ने व्यवस्था गरेको भए यस्तो समस्या पर्ने थिएन ।”

भजनी नगरपालिका–८ का सुरेन्द्र चौधरी पनि टीकापुर नगरपालिका–७ स्थित धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बिक्री गरे। कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ । 

“दुई महिनासम्म खाद्यलाई पर्खेर बस्नुपर्यो । अहिले पनि धान बिक्री गर्न सकस छ”, चौधरीले भने। दुईचार रुपैयाँ बढी पाइने आशाले बसेका किसानको धान बिक्री गर्नका लागि अहिले तछाडमछाड भएको छ ।

भजनी नगरपालिका–८ का हरिकुमार चौधरी धान बिक्री गर्न खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे पनि बेच्न पाएनन्।  बर्सातको समयमा आएको बाढीले क्षति पु¥याएको र धान सफा नभएको भन्दै उहाँको धान खरिद गर्न खाद्यले मानेन । 

“राम्रो नभएको भन्दै मेरो धान खरिद गर्न खाद्यले मानेन । फिर्ता लिएर जाँदैछु”, उनले भने, “आजसम्म खाद्यको आशामा धान बजारमा बिक्री नगरेर बसे, अब बजारमा लिएर बिक्री गरेर घर जान्छु ।”

धान बिक्रीका लागि खाद्यको खरिद केन्द्र पुगेका हरिकुमारजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन् । खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ । पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ । 

कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ । टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ कायम गरेको छ । 

कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन । 

कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदूरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending