Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अरुणाचलमा भारत र चीनका सैनिकबीच झडप, घटनाबारे के भनिएको छ?

खबरडबली संवाददाता

काठमाडौं । अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्। उक्त घटना ९ डिसेम्बरमा भएको बताइएको छ।

भारतीय सेनाले बीबीसीलाई बताए अनुसार त्यस दिन पीएलएका सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गरेपछि भारतले जबाफी कारबाही गरेको थियो। 

उक्त झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन्। 

भारतीय सेनाका अनुसार दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका थिए।  

झडपपछि शान्ति कायम गर्न इलाका कमाण्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए। 

भारतको एक प्रमुख अङ्ग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै तवांगमा भएको झडपमा भारतीय सैनिकभन्दा धेरै चिनियाँ सैनिक घाइते भएको जनाएको छ। 

लद्दाखको गलवान उपत्यकामा सन् २०२० को जुन महिनाको १५ तारिखमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछिको यस प्रकारको यो पहिलो घटना हो। त्यसबेला २० भारतीय सैनिक मारिनुका साथै कैयौँ घाइते भएका थिए। 

चीनले यस घटनाबारे कुनै वक्तव्य जारी गरेको छैन।

विपक्षी दलका कडा प्रतिक्रिया

झडपको खबरलाई लिएर कांग्रेसले भारतीय जनता पार्टी (भाजपा)को सरकारलाई 'आफ्नो डगमगे मनोवृत्ति छाड्न' आग्रह गरेको छ।

विपक्षी कांग्रेसले ट्वीटमार्फत् भनेको छ, "अरुणाचल प्रदेशको तवांग सेक्टरमा भारत र चीनका सैनिकहरूबीच झडप भएको खबर छ। सरकारले चीनलाई उसको कार्य स्वीकार्य छैन भनेर कडा रूपमा बुझाउने समय आएको छ।"

एआईएमआईएम प्रमुख तथा हैदरावादका सांसद असदुद्दीन ओवैसीले संसद्को हिउँदे अधिवेशन जारी रहेका बेला सरकारले यतिका दिनसम्म झडपको जानकारी किन लुकाएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।  

उनले ट्विटरमा लेखेका छन्, "अरुणाचल प्रदेशबाट आएको समाचार चिन्ताजनक छ। भारत र चीनका सैनिकबीच ठूलो झडप भयो र सरकारले देशलाई धेरै दिनसम्म अन्धकारमा राख्यो। हिउँदे अधिवेशन चलिरहेको बेला संसद्लाई किन यसबारे बताइएन?"

उनले झडपको बारेमा बाहिर आएका जानकारीसमेत स्पष्ट नभएको बताए।

"झडपको कारण के थियो? त्यहाँ गोली चल्यो वा गलवानमा जस्तै भएको थियो? उनीहरूको अवस्था के थियो? कति सैनिकहरू घाइते भए? चीनलाई कडा सन्देश पठाउन संसद्‌ले किन आफ्ना सैनिकहरूलाई समर्थन गर्न सक्दैन?"

ओवैसीले भने, "सेना जुनसुकै बेला चीनलाई उचित जवाफ दिन तयार छ। मोदीको नेतृत्वमा रहेको कमजोर नेतृत्वले नै भारतलाई चीनसामु अपमानित तुल्याइरहेको छ। यसबारे संसद्‌मा तत्काल छलफल हुनु आवश्यक छ।"

कांग्रेस नेता तथा राज्यसभाका सांसद जयराम रमेशले मोदी सरकारले आफ्नो राजनीतिक छवि बचाउनका लागि यो विषय लुकाउन खोजेको आरोप लगाएका छन्।

उनले ट्वीटमा लेखेका छन्, "हामीलाई भारतीय सेनाको बहादुरीप्रति गर्व छ। सीमामा चीनको कारबाही पूर्णरूपमा अस्वीकार्य छ। विगत दुई वर्षदेखि हामीले पटक पटक सरकारलाई जगाउने प्रयास गरिरहेका छौँ, तर मोदी सरकारले आफ्नो राजनीतिक छविलाई बचाउनका लागि यो विषयलाई दबाउन मात्र खोजिरहेको छ, जसका कारण चीनको दुस्साहस बढ्दै गएको छ।"

जयराम रमेशले देशभन्दा ठूलो कोही नभएको बताउँदै मोदीले आफ्नो छवि बचाउन देशलाई खतरामा पारेको आरोप समेत लगाए।

उनका अनुसार उत्तरी लद्दाखमा घुसपैठलाई स्थानीयकरण गर्ने प्रयासमा चीनले डेप्साङमा लाइन अफ एक्चुअल कन्ट्रोल भनिने नियन्त्रित सीमारेखाको १५ देखि १८ किलोमिटरभित्र २०० स्थायी आश्रयहरू बनाउँदा समेत सरकार मौन रहेको आरोप लगाए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending