काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको अन्तिम सिट सङ्ख्या प्रकाशन गरेको छ।
आयोगले प्रकाशन गरेको निर्वाचन परिणामअनुसार सबैभन्दा धेरै मत कम्युनिस्ट पार्टीहरूले पाएका छन्, तर सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ।
पाँचवटा कम्युनिस्ट पार्टी र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूले ४५ प्रतिशतभन्दा बढी मत पाएका छन्। कांग्रेसले ३२ प्रतिशत बढी मत पाएको छ। कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पाएको छ।
कम्युनिस्ट शक्तिहरूमध्ये सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ।
नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएर प्रतिनिधिसभामा तेस्रो ठूलो शक्ति बनेको छ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ तीन प्रतिशत मत नकटाउँदा समानुपातिकतर्फ सिट पाएन।
समानुपातिकतर्फ तीन प्रतिशतभन्दा कम मत सिट विभाजनमा गणना नहुने व्यवस्था छ। एकीकृत समाजवादीले पाएको २,९८,३९१ मत करिब तीन सिटका लागि पर्याप्त हुनसक्थ्यो।
यसबाहेक राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि प्रत्यक्षमा एक/एक सिट पाएका छन्। पाँचजना स्वतन्त्रमध्ये तीनजना कम्युनिस्ट पृष्ठभूमिका छन्।
यी सबै कम्युनिस्ट दलहरू र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूको मत जोड्दा १२५ हुन्छ। यो सङ्ख्या २७५ सदस्यीय प्रतिनिधिसभाको झन्डै आधा हो।
एमाले खुम्चियो, राप्रपा फस्टायो
अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा सबैभन्दा धेरै क्षति एमालेले बेहोरेको देखिन्छ। विसं २०७४ को निर्वाचनमा १२१ सिट पाएको एमालेले यो पटक ७८ मतमा चित्त बुझाउनुपर्यो।
अघिल्लो पटक एमाले र माओवादीले गठबन्धन गरेर चुनावमा भाग लिँदा अधिकांश स्थानमा जित हासिल गरेका थिए। यसबीचमा एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी समेत बनेको छ।
यसअघि ६३ सिट जितेको कांग्रेसले यो निर्वाचनमा ८९ सिट हासिल गरेको छ।
यो निर्वाचनबाट सातवटा पार्टी प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर राष्ट्रिय दल बनेका छन्।
प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा धेरै र समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै सिट जितेका छन्। दुवैतर्फ तेस्रो माओवादी बने पनि अघिल्लो निर्वाचनको तुलनामा माओवादीले पाएको सिट सङ्ख्या घटेको छ।
अघिल्लो निर्वाचनमा ५३ सिट पाएको माओवादी यो निर्वाचनमा ३२ सिटमा खुम्चिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो शक्ति
नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी यो निर्वाचनमा चौथो ठूलो शक्ति भएको छ। पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले २० सिट पाएको छ।
अघिल्लो संसद्मा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनबाट १४ सिटसहित पाँचौँ ठूलो दल बनेको छ।
प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।
उपेन्द्र यादव नेतृत्वको यो दल अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता र पुन: विभाजनपछि बनेको दल हो।
यी दुईवटा दलहरू अघिल्लो निर्वाचनमा चौथो र पाँचौँ ठूलो शक्ति थिए। जसपा विभाजनबाट बनेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट पाए पनि समानुपातिकतर्फ राष्ट्रिय दल बन्न सकेन। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: