Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

युक्रेनमाथि रुसद्वारा आठौँ लहरको क्षेप्यास्त्र वर्षा

खबरडबली संवाददाता

काठमाडौं । रुसले आठ साताको बीचमा युक्रेनमा आठौँ पटक क्षेप्यास्त्रको वर्षा गरेको छ।

रुसी आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको विवरण आएका छन्।

दक्षिण युक्रेनको ओडेसामा पनि विद्युत् कटौती भएको छ।आक्रमणमा चार जना मारिएको युक्रेनले जनाएको छ।

पछिल्लो आक्रमणको दुई सातापछि भएको नयाँ आक्रमण यसअघिका प्रहार भन्दा कम विध्वंसकारी भएको बताइएको छ।

रुसले प्रहार गरेका ७० क्षेप्यास्त्र मध्ये ६० वटा युक्रेनले निष्क्रिय बनाएको दाबी गरे पनि मस्कोले १७ वटा निशानामा प्रहार गरेको दाबी गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन्।

जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन्।

यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए।

राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन्।

रुसका दुई सैन्य हवाई अखाडाहरूमा भएका विस्फोटनहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको खबर लगत्तै युक्रेनमाथि आक्रमण भएको हो।  

इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मस्कोको दक्षिण-पूर्वमा पर्ने र्‍याजान सहर नजिकैको हवाई अखाडामा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको रुसी सरकारी सञ्चारमाध्यमले यसअघि जनाएका थिए। 

सरातोभ क्षेत्रको अर्को एउटा हवाई अड्डामा भएको विस्फोटनमा दुई जना घाइते भएको विवरण आएका छन्।

विस्फोटनका कारण प्रस्ट भएको छैन। ती दुवै क्षेत्र युक्रेन सीमाभन्दा सयौँ किलोमिटर पर छन्। सरातोभ क्षेत्रको हवाई अखाडामा रुसका लामो दूरीका रणनीतिक बमवर्षक राखिएको ठानिएको छ।

सरातोभ क्षेत्रको एन्जल हवाई अखाडामा गत साता सैन्य विमानका बढ्दो गतिविधि देखा परेका तस्बिरहरू सार्वजनिक भएको पृष्ठभूमिमा यी विस्फोटन भएका हुन्।

उक्त क्षेत्रका गभर्नरले सुरक्षा फौजहरूले सैन्य बिन्दुहरूमा भएका ती घटनाको जाँच गरिरहेको बताएका छन्।

बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले कतै ती विस्फोटनका पछाडि युक्रेनको हात छ कि भन्ने शङ्का उब्जाउने बताउँछन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ती भएका भनिएका घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको बताए।

यसैबीच पश्चिमा देशहरूले उसको तेल निर्यातबाट हुने आम्दानी कटौती गर्न चालेका कदमप्रति रुसले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ।

ती कदमले युक्रेनमा युद्ध गर्ने आफ्नो क्षमतामा किञ्चित फरक नपर्ने क्रेम्लिनले बताएको छ।

युरोपेली सङ्घले आइन्दा समुद्री मार्गबाट रुसी तेल आयात नगर्ने जनाएको छ। साथै उसले अन्यत्र हुने तेल निर्यातमा पनि बन्देजहरू लगाएको छ।

प्रति ब्यारेल मूल्य ६० डलरभन्दा कम्ती नभएको खण्डमा ईयू सदस्य राष्ट्र तथा जापान, अस्ट्रेलिया, यूके र अमेरिकाका कार्गो तथा बिमा कम्पनीहरूलाई रुसी तेल ओसारपसारमा संलग्न हुन अनुमति नदिने उसले बताएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी । मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।   बुधबा...

कुम्भ मेलामा दर्शनार्थीको घुइँचो

सुनसरी। सुनसरीको बराह क्षेत्र नगरपालिका-१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा...

उपनिर्वाचनको ‘मौन’ अवधि, के-के गर्न पाइँदैन ?

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि न...

आगलागीले जरलहवा बस्ती नै सखाप, पाँच सय विस्थापित

महोत्तरी । आगलागीले महोत्तरीको मटिहानी नगरपालिका– ६ जरलहवा बस्ती नै सखाप भएको छ । बुधबार लगातार सात घण्टाको आगलागीमा एक सय ५० घरगोठ जलेका छन् । त्यस्त...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies