काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाउँदा आयल निगमलाई महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफा छ।
गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटा समाचार लेख्छिन्, एक वर्षअघि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य पछिल्लो समय घट्दै आएको छ। गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ।
हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपैयाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ ३५ पैसा, हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा छ। निगमलाई ग्यासमा मात्र प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा छ।
हाल बजारमा पेट्रोल प्रतिलिटर १८१, डिजेल÷मट्टितेल १७८, हवाइ इन्धन आन्तरिक १९० र खाना पकाउने (एलपी) ग्यास एक हजार आठ सय रुपैयाँ छ। हाल छिमेकी मुलुक भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर छ रुर्पयाँ २३ पैसा र डिजेल २४ रुपियाँ ५६ पैसा महँगो छ।
समायोजन नभएको तीन महिना भयो
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूूल्य समायोजन गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार मूल्य समायोजन नगर्दा निगम हाल मासिक सवा अर्ब रुपियाँ नाफा कमाउँदै आएको छ । निगम नाफामा हुँदा पनि ऋण देखाएर उपभोक्ता मूल्य घटाउन आनाकानी गरिरहेको छ।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट रिफाइन तेल खरिद गर्दै आएको छ। आईओसीले दिएको मूल्यका आधारमा स्थानीय बजारमा मूल्य सामायोजन गर्नुपर्ने भए पनि तीन महिनायता मूल्य समायोजन भएको छैन।
बक्यौता र ऋण तिर्न भाउ नघटाएको : निगम
निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढका कारण अस्थिर भएको र आईओसीलाई ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको जानकारी दिए।
‘अहिले पेट्रोल र हवाइ इन्धनमा नाफामा छौँ, यसमा घटाउन सकिने थियो तर ग्यासमा प्रतिसलिण्डर र २७७ रुपैयाँ घाटा रहेकाले पनि व्यवस्थापन गर्न मूल्य यथावत् राखेका हौँ’, उनले भने। तेल खरिद गरेबापत आईओसीको २० अर्ब रुपियाँ र नेपाल सरकारको ऋण सात अर्ब ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको उनले बताए। अब मूल्य घटेर आए घटाउने उनको भनाइ छ।
सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ घटाएको मूल्य ‘रिकभर’ नभएकाले घटाउन नसकेको निगमको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: