काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन्।
आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।
उनले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ।’
महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा अब सरकार बनाउने शक्तिहरूको दृष्टिकोण र प्रतिबद्धताका आधारमा समर्थन वा विरोध हुने यादवले बताए।
‘नागरिकता बारेको मुद्दा त छँदैछ। तर, यो संविधानलाई नसच्याउने हो भने, निर्वाचन प्रणााली, शासकीय स्वरूप, न्याय प्रणाली, समावेशिता, पहिचानको सवाललाई जोड दिने, प्रदेशलाई अधिकार सम्पन्न नबनाउने हो भने र ठीकठाक नबनाउने हो भने यो सिस्टम नै कोल्याप्स हुनसक्छ’, यादवले भने, ‘त्यसैले संविधान संशोधनसँगै अन्य राष्ट्रिय मुद्दाहरू मधेशसँग, आदिवासी जनजातिसँग सम्बद्ध मुद्दाहरू, समावेशिता र आर्थिक संकटबारे लिने नीतिले हाम्रो समर्थन वा विरोध निर्धारण गर्नेछ।’
उनका अनुसार मत परिणाम आइसकेपछि पार्टीको ‘वर्किङ कमिटी’को बैठकपछि छलफल हुनेछ।
‘अहिले हामीलाई सरकारमा जाने कुनै हतार छैन। बरू अहिले माओवादीलाई बढी हतार देखिन्छ। हामीलाई हाइसन्चो छ। जसलाई हतार छ, अगाडि बढ्नका लागि शुभकामना छ’, उनले भने, ‘हामी भने अब केका लागि सहकार्य गर्ने वा समर्थन गर्ने भन्ने नीतिमा आधारित भएर निर्णय लिनेछौं।’
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: