सुर्खेत । कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औँल्याएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट बालबालिका असुरक्षित भएको बताएको छ ।
उक्त घटनाको स्थलगत अध्ययन इन्सेकसहित मानवअधिकारको टोलीले गरेको थियो । तत्कालीन द्वन्द्व अन्त्य भएको डेढ दशक नाघ्दा पनि अवशेष अझै बाँकी रहेको प्रतिवेदनको निष्कर्ष छ ।
द्वन्द्व व्यवस्थापन गर्ने सन्दर्भमा बेवारिसे अवस्थामा राखिएका विस्फोटक पदार्थको निष्क्रिय नहुँदा हरेक वर्ष घटिरहने यस्ता घटनाले मानवीय क्षति हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसबाट विशेषगरी निर्दोष बालबालिका पीडित हुनुपरेको इन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले जानकारी दिए । यस्ता घटना र समस्यालाई प्राथमिकता दिएर जनताको सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्छ स्थानीय प्रशासन र प्रदेश सरकारले दिनुपर्ने उनले बताए ।
‘द्वन्द्वकालीन अवधिमा बढी प्रभावित क्षेत्रमा बेवारिसे बमहरू फेला पर्नसक्ने सम्भावना भएकाले देशव्यापीरूपमा खोजी गर्ने अभियान पुनःसञ्चालन गरिनुपर्ने आवश्यकता रहेको छ’, उनले भने, ‘यस्ता घटना दोहोरिन सक्ने भएकाले विष्फोटक पदार्थ भेटिन सक्ने सम्भावित स्थलमा सचेतनामूलक कार्यक्रम सञ्चालन जरुरी छ ।” यसमा तीनै तहका सरकारले जिम्मेवारी लिनुपर्ने प्रमुख सुवेदीको जोड थियो ।
बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नेपालको संविधान र बालबालिकासम्बन्धी नीति, २०६९ ले बालबालिकालाई प्रदान गरिएको विशेषाधिकारको संरक्षणको जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने सार्वजनिक प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।
मानवअधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बाँस्तोलाले घटनाका पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व रहेको बताए ।
इन्सेकले स्थलतगत अनुगमन गरेको गत कात्तिक १२ गते कालीकोट तिलागुफाको सकेट बम विस्फोटमा तीन वर्षीया झरना थापा र पाँच वर्षीया सरस्वती रानाको ज्यान गएको थियो । उक्त घटनामा आठ वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा र तीन वर्षीया दर्शना थापा घाइते भएका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: