Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएको छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए । 
 
कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुए । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो”, उनले भने । 
 
नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताए । छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उहाँले स्मरण गरे।
 
प्रधानमन्त्री देउवाले भने, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।”
 
प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे।
 
यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उनले जोड दिएको थिए । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिए। यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउदै उनले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending