काठमाडौ । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।
बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेको छन् । जाम्बिया तथा इन्डोनेसियालगायत देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसिएको औषधि बालबालिकामा प्रयोग गर्दा उनीहरूको मिर्गौलामा गम्भीर असर परी मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा समेत उल्लेख गरिएको विभागले जनाएको छ ।
विज्ञप्तिमा विभागले ती दुवै रसायन मिसिएका औषधि भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ र मागरिप एन कोल्ड सिरफ उत्पादन भइरहेको र ती उत्पादन गरिएका औषधि नेपालमा दर्ता नभएको समेत विज्ञप्तिमा विभागले स्पष्ट पारेको छ ।
विभागले औषधि उत्पादक कम्पनीलाई प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिनरग्लासिरोलजस्ता सहायक कच्चा पदार्थ प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायनको मिसावट नभएको भनी यकिन गरी मात्र झोल औषधि बिक्री वितरण गर्न आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...
फाल्गुन ३० गते, २०८२ - १२:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...
फाल्गुन ३० गते, २०८२ - १२:०१
गुल्मी। गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अ...
फाल्गुन ३० गते, २०८२ - ११:४०
घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...


प्रतिकृया लेख्नुहोस्: