Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

निर्वाचनमा एमालेले सबैभन्दा धेरै बालबालिका प्रयोग गरेको पृष्टि

खबरडबली संवाददाता

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ ।

भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०ले जनाएको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी वेङ्क्वेट रानीहलमा आज आयोजित पत्रकार सम्मेलनमा कूल दुई सय १६ घटनामध्ये प्रचारप्रसार तथा ¥यालीमा एक सय ४४, घरदैलोमा १२, आमसभामा १८, प्रचारप्रसार सामाग्रीमा १३ र कलाकारका रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जानकारी दिएको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराए पनि निर्वाचनको समयमा कुनै न कुनै रूपमा बालबालिकाको प्रयोग भएको पाइन्छ ।

सिजपका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा सबैभन्दा बढी लोकतान्त्रिक बाम गठबन्धन दलहरूबाट बालबालिका प्रयोग भएका छन् । तीमध्ये बाम गठबन्धन दलहरूबाट १८, नेकपा ९एमाले० बाट ७१, अन्य सात दलबाट ३४ र स्वतन्त्र उम्मेदवारबाट १३ घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दलगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२, नेकपा (माओवादी केन्द्र) ले १३, नेकपा ९एकीकृत समाजवादी०ले आठ, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, लोकतान्त्रिक वाम–गठबन्धन दलहरूले ५२, नेकपा एमालेले ७१ घटनामा बालबालिकालाई प्रयोग गरेको देखिन्छ ।

एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठबन्धनबाट नौ घटनामा बालबालिका प्रयोग भएका सिजपले उल्लेख गरेको छ । राप्रपाले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, स्वतन्त्र उम्मेदवारहरूले १३, जसपाले तीन र विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी र जनमत पार्टीले एक÷एक घटनामा बालबालिका प्रयोग गरिएको पाइएको छ ।

लोकतान्त्रिक वाम–गठबन्धनले १५ र नेकपा एमालेले १० घटनामा विद्यालयको प्रयोग गरेको पाइएको छ । निर्वाचनसँग सम्बन्धित गतिविधिमा विद्यालय तथा बालबालिकाको प्रयोगमा कमी भए पनि अझै यो अवस्थामा सुधार ल्याउन बाँकी रहेको सिजपका अध्यक्ष राजेश शर्माले बताए।

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयरल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुदैछ । यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्न...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदे...

देउवाले मनोनित गरे पार्टीको सहकारी र जनजाति विभागका १०-१० सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् ।  पार्टीका मुख्य सचिव ...

गृहमन्त्री लामिछाने बनाए प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् ।  गृहमन्त्री लाम...

वालिङमा मृतकका आफन्तले पाए क्षतिपूर्ति

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै रु दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी ...

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएको छन् ।   आज यहाँ आयोजित ...

महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर–व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किए...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एक तोलाको सुनको मुल्य एक लाख ३० हजार

काठमाडौं । बजारमा सुनको मूल्यले  तोलामा २ हजार एक सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ ...

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भए...

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies