काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ ।
प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।
प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।
यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा (एमाले)ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नं. १ बाट आठ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नं. १ बाट आठ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।
यस्तै राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नं. १ बाट पाँच हजार ९०३ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले क्षेत्र नं. १ बाट एक हजार ३६७ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले दुई हजार १५२ मत प्राप्त गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: