सप्तरी । सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी भएको छन् । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनु भएको हो । उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरेको छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गरे ।
गतप्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा सूर्यनारायण यादव विजयी भएको थिए । राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएको थिए।
प्रतिनिधिसभा सदस्य तर्फ सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव र सप्तरी–२ मा जनमत पार्टीका सिके राउत विजयी भइसकेका छन । सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरीले अग्रता बढाएका छन् । चौधरीलाई जसपाका बालकिशोर यादव र जनमतका सुकदेवप्रसाद साहले पछ्याइरहका छन् ।
हालसम्म घोषित परिणामअनुसार सप्तरीमा कांग्रेस, जसपा र जनमत पार्टीले एक÷एक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ । प्रदेशसभामा जनमत पार्टीले चार, कांग्रेस र एमालेले एक /एक प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ । बाँकी प्रदेशसभा ४ (१) मा नेकपा (एस) का गोविन्दबहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्ध कुमार यादवले अग्रता कायम राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...


प्रतिकृया लेख्नुहोस्: