काठमाडौं । माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देखिन्छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि रहेको पाइएको छ ।
रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । यहाँ एमाले उम्मेदवार कैलाश कुमार मल्लले ४६८ मत ल्याएर पछ्याइरहेका छन् ।
सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र राय यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का राजेन्द्र महतो ८४२ मत प्राप्त गरेका छन् । बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता लिएका छन् । पौडेललाई एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ पछ्याइरहेकी छिन् ।
सिन्धुली – २ माओवादी केन्द्रका लेखनाथ दाहाल ४ सय ५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २२४ पाएका छन् । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई १ हजार ४३१ मत ल्याएर अगाडि छन् । एमालेका विशाल भट्टराई १ हजार ३६१ मत ल्याएर पछ्याइरहेका छन् ।
भोजपुरमा पनि माओवादीका सुदन किरातीले अग्रता बनाएका छन् । किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार लझ्मी महतो कोइरी १ हजार ६९७ मत पछ्याइरहेका छन् ।
मोरङ– ४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिएका छन् । उनले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाएका छन् । रोल्पामा पनि माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मतका साथ पछ्याइरहेका छन् ।
दाङ– २ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहेका छन् । गोरखा– २ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निकै फराकिलो मतान्तरले अगाडि छन् । प्रचण्डले ३ हजार ७८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत पाएका छन् ।
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । उनले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहेका छन् । रुकुम पश्चिममा जनार्दन शर्मा र सुनसरी १ बाट मुक्सामहाङ सुब्बाले पनि अग्रता लिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: