Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

उलटफेर चुनावी परिणामले नेतृत्व पछि हट्न तयार भए वाम सहकार्य होला ?

घनश्याम भुसालको विश्लेषण: ‘नसच्चिए पाँच वर्षभित्र व्यवस्थामै धक्का’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निम्ति मतदान सम्पन्न भइसकेपछि धेरैको ध्यान अब केन्द्र र प्रदेशहरूमा कसको र कस्तो सरकार बन्ने गरी परिणाम आउला भन्नेतर्फ मोडिएको छ।

पार्टीले उम्मेदवार नबनाएपछि नेकपा एमाले त्यागेर रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल अब नेताहरूको परीक्षा सुरु हुने बताउँछन्।

भुसाललाई वर्तमान सत्ता गठबन्धनले समर्थन गरेको छ।

“अब यिनीहरूले अनन्तसम्म सरकारलाई अस्थिरतातर्फ लैजान्छन् वा गठबन्धनबाट पनि स्थिरता दिन्छन् भन्ने कुराको ठूलो परीक्षामा छन् दल र तिनका नेताहरू,” उनले भने।

त्यसलाई राम्ररी सम्बोधन गर्न नसकेमा ‘इतिहास देखिनै थुप्रिँदै आएका सङ्कटहरूले यो व्यवस्था माथिनै सङ्कट उत्पन्न गर्ने’ भुसालको आकलन छ।

कांग्रेस - कम्युनिस्ट झगडा २० वर्ष बन्द ?

त्यो टार्न चुनाव वा आन्दोलनका निम्ति मात्र गठबन्धनलाई सीमित गर्न नहुने उनको सुझाव छ।

उनी भन्छन्, “मुलुक बनाउनका लागि, आर्थिक समृद्धिका लागि र संविधान अनुसार समाजवादतर्फको भविष्य सुनिश्चित गर्नका लागि अब विस्तृत कार्यक्रमका आधारमा अघि बढ्नुपर्छ।”

वर्तमान सत्ता गठबन्धनमा कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र तीन वटा कम्युनिस्ट पार्टी छन्।

कतिपयले यसलाई अस्वाभाविक मान्छन्।

तर भुसाल ती दलको वैचारिक आधार केलाउँदा अबको १० देखि २० वर्षसम्म कांग्रेस र कम्युनिस्टबीच ठूलो राजनीतिक झगडा गर्नुपर्ने अवस्था नरहेको ठान्छन्।

‘कांग्रेसका एजेन्डा पनि वामपन्थी’

कांग्रेसको औपचारिक रूपमा उठाउने मुद्दाले त्यो सम्भव तुल्याएको विश्लेषण छ उनको, “उसले समाजवादको कुरा गर्छ, शिक्षा र स्वास्थ्यमा राज्यको ग्यारेन्टीको कुरा गर्छ। कृषिमा जोड दिने कुरा गर्छ, गरिब र श्रमिकहरूको संरक्षण, सुरक्षा र रोजगारीको कुरा गर्छ। यस अर्थमा उसले बोकेका एजेन्डाहरू पनि वामपन्थी नै हुन् भन्ने मलाई लाग्छ।”

कांग्रेस र वामपन्थी दलहरू मिलेर जारी गरिएको संविधानको प्रस्तावनामा विभिन्न सङ्कल्पका साथ ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ उल्लेख छ।

समाजवादको लक्ष्यलाई कम्युनिस्ट र कांग्रेसले भने फरक फरक ढङ्गले अर्थ्याउने गर्छन्। त्यसैले विपरीत धारका दलबीच गठबन्धन लामो समय टिकाइराख्न खोजेमा एउटाले अर्काको लक्ष्य स्वीकार गर्न तयार हुनुपर्ने वा दुवैले आआफ्नो लक्ष्य थाती राख्नुपर्ने तर अडान नछाड्ने हो भने त्यो नटिक्ने एक थरीको विश्लेषण पाइन्छ।

दुवैको समाजवाद ‘फरक’ भएको स्वीकार गर्दै भुसाल भन्छन्, “कांग्रेसका समाजवादीको त कुरै छाडौँ, उदार अर्थतन्त्रका पक्षपातीहरूले दिने गरेको प्राथमिकता सुन्दा पनि कांग्रेस र कम्युनिस्टबीच १०-२० वर्ष वैचारिक हिसाबले धेरै झगडा गर्नु पर्दैन।”

त्यसपछिको सन्दर्भ, अन्तर्राष्ट्रिय परिस्थिति अनि दक्षिण र उत्तरतर्फका छिमेकीको सम्बन्धले उत्पन्न गर्ने अवस्थामा सहकार्य निर्भर हुनुपर्ने उनी ठान्छन्।

एमालेसँगको सहकार्य कति निकट?

त्यसैले भुसालले हाललाई लामो समयसम्म कांग्रेस र कम्युनिस्ट पार्टीहरू सँगसँगै जान सक्ने ठाउँ देखेका छन्।

यस्तो अवस्थामा एमालेसँग एउटा शक्तिको रूपमा भने विभिन्न दलहरूले सहकार्य गर्ने उनको भनाइ छ। भुसालले एमालेलाई देशको सबैभन्दा लोकतान्त्रिक वामपन्थी पार्टी निर्माण गरेको र त्यसमा आफूलाई गौरव लाग्ने सुनाए।

तर केपी शर्मा ओलीले नेतृत्व गर्न थालेदेखि अवस्था निकै फेरिएको उल्लेख गर्दै उनी भन्छन्, “यदि एमालेको आत्माको कुरा गर्ने हो भने त्यहाँ ओली रहनुहुन्न, ओलीजीकै विचारलाई नै एमाले मान्ने हो भने त्यहाँ एमाले रहन्न।”

त्यसैले आफू वामपन्थी सहकार्यको निम्ति पहल गर्न तयार रहे पनि ओली नेतृत्वमा रहँदासम्म त्यो सम्भावना नदेखेको उनले बताए।

ओलीले त्यो कुरा नबुझ्ने निचोडमा आफू पुगेको उल्लेख गर्दै भुसालले भने, “एमालेले कहिले बुझ्छ त्यसपछि सहकार्यको बाटो खुल्छ तर जुन निकट भविष्यमा मैले त्यति सम्भव देख्दिन।”

भुसालले कार्यक्रममा आधारित भएर अघि बढेमा यो चुनावमा आफूलाई समर्थन गरेको गठबन्धनको पक्षमा उभिने बताए। किनकि त्यसले वाम-लोकतान्त्रिक गठबन्धनको चरित्र बोक्ने उनको ठम्याइ छ।

वाम सहकार्य होला?

नेकपा विभाजनपछि आआफ्नो दलको नेतृत्वमा रहेका नेताले पार्टीको कार्यकारी भूमिका त्याग्न तयार भए वाम एकताको आधार तयार हुने चर्चा चलेको थियो।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बीबीसीको कुराकानीमा आफू त्यसको निम्ति तयार रहेको बताएका थिए।

यो चुनावमा एमाले सम्मानजनक स्थानमा विजयी भएमा उसले वाम सहकार्यलाई वास्ता नगर्ने तर गठबन्धनका नेताहरूले दाबी गरेजस्तो लज्जाजनक हार बेहोरेमा ओलीमाथि सहकार्यको बाटो खोल्न दबाव पर्ने एक थरीको विश्लेषण छ।

त्यस सम्भावनाबारे भुसालले पृष्ठभूमि बाँधेर आफ्ना कुरा राखे।

विगतदेखिका थुप्रिएका सङ्कट र त्यसको समाधान गर्न नसकेको नेतृत्वसामु ठूलो चुनौती रहेको बताउँदै उनले भने, “तीन चार वर्षभित्रै देख्छु, नभए पाँच वर्षभित्र अर्को चुनाव हुन्जेल सम्म त्यो आक्रोश आउने वाला छ।”

पार्टीभित्रबाटै त्यसको सम्बोधन गर्न थालेर पार्टीहरूलाई सच्याउन सुरु गरिए नयाँ अवसर सृजना हुने उनको बुझाइ छ।

“हामीले त्यसो गरेनौँ भने त्यसका बाछिटा त्यसका धक्का व्यवस्थामाथि पर्छन्,” भुसाल भन्छन्, “त्यस अर्थमा अहिलेको नेतृत्व सचेत हुनुपर्‍यो। यदि सचेत हुँदैन भनेदेखि पार्टी सचेत हुनुपर्छ।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending