झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् । छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।
२ र ४ मा स्वतन्त्र अगाडि
झापाका चारवटा निर्वाचन क्षेत्रमा मत गणना शुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरु हुन सकेको छैन । मतपत्र ‘सर्टिङ’ को काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न ‘सर्टिङ’ को काम भइरहेको बताइएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षको दुई ठाउँ र प्रदेशसभा प्रत्यक्षका दुई ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए ।
झापा १ मा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ । प्रारम्भिक नतिजा अनुसार झापा २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत), झापा ३ मा रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका शम्भु ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन् ।
झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार ‘स्वागत’ नेपालले अग्रता लिएका छन् । नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार राना र नेकपा (एमाले) का देवराज घिमिरेलाई पछि परेका छन् । झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । दुई हजार मत गनिसक्दा लिङ्देनले एक हजार तीन मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले सात सय ८४ मत ल्याए । दुवैबीचको मतान्तर दुई सय १९ हो ।
अहिले कचनकवल वडा नम्बर २, ३ र ४ तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ । झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता बनाएका छन् । तीन सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले एक सय ४३ मत ल्याए । एमालेका उम्मेदवार एलपी साँवाले ८४ र नेपाली कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याएका छन् ।
यता झापा ५ मा मतगणना प्रारम्भ भएको छ । मध्याह्न १२ बजेदेखि मतगणनाका लागि मतपत्र मिलाउने कामको प्रारम्भ गरिएको क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: