काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गरेका छन् ।
एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उनले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन र हालै यस त्रिपक्षीय सहमतिमा संलग्न भएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम समेतको एकीकृत आह्वानमा विश्वभरि नै हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाउँदै आएको छ । यस वर्ष पनि नेपालमा पनि विभिन्न सचेतनामूलक र प्रवार्द्दनात्मक कार्यक्रमको आयोजना गरी यो सप्ताह मनाईंदैछ ।
कोभिड –१९ जस्तै एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पनि हालका दिनमा विस्तारै महामारीको रूप लिँदै गएको र यसले आधुनिक चिकित्साशास्त्रका हालसम्मका उपलब्धिमा ठुलो चुनौती सिर्जना हुने जोखिम रहेको उनले बताए । सङ्क्रमणको रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको अनुचित प्रयोगका साथै व्यवसायिक कृषिमा गरिने एन्टिमाइक्रोबियलको प्रयोग र त्यसबाट वातावरणमा निस्किने अवशेषले धेरै रोगका सुक्ष्म जीवाणुमा प्रतिरोध (रेजिस्टेन्स) क्षमता विकास भइरहेको छ ।
यसका कारण अधिकांश एन्टिमाइक्रोबियल औषधिको प्रभाव कम हुँदै गएकाले मानिसमा हुने सामान्यदेखि गम्भीर प्रकृतिका सङ्क्रमणको उपचारमा व्यवधान सिर्जना भएको उनले उल्लेख गरेका छन् । मानिस, पशुपक्षी र वातावरणबीच हुने अन्तरसम्बन्ध प्रणालीमा जीवाणुको आदान प्रदानद्वारा सिर्जित एन्टिमाइक्रोबियल रेजिस्टेन्स मानव जातिका साथै समग्र विश्वका लागि चुनौतीका रुपमा देखापरेको छ ।
सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्र महासभाको सन् २०१६ को विशेष राजनीतिक घोषणामा आफ्नो प्रतिबद्धता जाहेर गर्दै ‘एक स्वास्थ्य’ अवधारणाअनुरुप सबै क्षेत्रबाट एन्टिमाइक्रोबियल सचेतनाका लागि आवश्यक पैरवी गर्दै आएको छ । प्रधानमन्त्री देउवाले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विरुद्धको यो सचेतनामूलक अभियानमा सम्पूर्ण नेपालीका साथै सरोकारवाला निकायलाई एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दै विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: