चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन् । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम मतदातालाई कुनै प्रलोभनमा नपरी निर्धक्कसँग जनप्रतिनिधि छान्न अनुरोध गरे । देशमा नातावाद र कृपावादलाई अन्त्य गर्नेलाई छान्नुपर्ने बताउँदै उनले भने, “देशमा नातावाद, कृपावादलाई अन्त्य गर्न हामी आएका हौँ ।”
आम मानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको भन्दै उनले यो बेथिति अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न अपिल गरे । उनले भने “राणा शासनबाट बहुदलीय गणतन्त्रीय व्यवस्थासम्म आइपुग्दा एउटा कुराको समानता छ, क्षमता र दक्षताका आधारमा नभई सधैँ शक्ति केन्द्रमा रहेकासँगको सम्बन्धका आधारमा सामान्य कामदेखि ठूला नियुक्तिसम्म हुने गरेका छन् ।” यही शक्तिका कारण आममानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको उनको भनाइ छ ।
पुराना दलमा पनि विगत ३० वर्षदेखि एउटै अनुहार उम्मेदवार बन्ने गरेको उनको भनाइ छ । राजनीतिक सिन्डिकेटका कारण जान्नेले अवसर नपाएको उनको भनाइ छ । राजनीतिक दलभित्र होस् वा राज्यका नियुक्ति तथा सामान्य जागिरमा क्षमतावान्ले अवसर पाउने स्थितिका लागि सही नेतृत्व छान्नुपर्ने अध्यक्ष लामिछानेले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी आमजनताको पार्टीका रूपमा निर्वाचनमा आएको उल्लेख गर्दै उनले हरेक काममा नयाँ सोच र नयाँ जाँगरका लागि स्वागत गर्ने बताए । दुई सय ५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने, वार्षिक एशिया व्यवसाय कन्फरेन्स गर्ने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार नियन्त्रणका लागि कसैलाई नछाड्ने, २४ घण्टा हटलाइनमा नागरिकका गुनासा सुनुवाई गरिने, कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने, शिक्षा प्रणालीमा सुधार गरिने घोषणापत्रमा उल्लेख छ । मजदुर, किसानका लागि विशेष परिचयपत्र, किसान र मजदुरको गुनासो सुन्न विशेष डेस्क, साना व्यापारीसँग हातेमालो, तनावमुक्त सरकारी कार्यालय, स्वरोजगार, साना व्यापारी आदिको हकहितको सुरक्षा तथा सम्मान, अपराध अनुसन्धानमा तीव्रता र कडाइ, ‘फास्ट ट्र्याक’ कोर्ट, सीमासुरक्षा र छोरी जन्मे घरमा उत्सवजस्ता कार्यक्रम पार्टीले अघि सारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: