Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन्: ‘रोजगारी सिर्जना गर्नेलाई मत’

खबरडबली संवाददाता

महेन्द्रनगर । कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिए । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुगेका  सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आएको बताए  ।

“गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ”, वृद्ध सिंहले भने, “जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन् ।” उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिए । “चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ”, उनले भने, “देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन् ।” उनले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको बताए  ।

त्यसैगरी भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू बीस वर्षदेखि भारतमा काम गरिरहेको सुनाए । “यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त होनी”, उनले भने, “हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौंँ ।” उनले निर्वाचनका बेला मात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडे अनुसारको काम नभएको बताए  । “हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँं”, उनले भने, “यो हाम्रो रहर नभइ बाध्यता हो ।”

उनीसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिले जन भावनाअनुसार काम गर्न सुझाव दिए  । “चुनाव जित्ने अनि लाभका पदका लागि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन्”, उनले भने, “प्रजातन्त्रदेखि गणतन्त्र आइसक्दासम्म मुलुकभित्र रोजगारीका सम्भावना खोजी नहुन दुखद् विषय हो ।” उनले निर्वाचनको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको बताए ।

“ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ”, उनले भने, “यहाँ नेताहरुले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रुपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उनले बताए  ।“चुनावका बेला भोट माग्ने त्यसपछि जनताको पिर मर्का नबुझ्नेलाई यस पटक प्रतिनिधि चुन्दैनौंँ”, रानाले भने, “गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौंँ ।”

त्यसैगरी भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले पनि नेताप्रति आक्रोस व्यक्त गरे । “जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ”, उनले भने, “भारतमा मजदूरी गरेर घर खर्चका लागि मजदूरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ ।”

त्यस्तै नारायणगढको देवघाटका मनिराम भुजेलले सिमलाबाट सात महिना गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाए । सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदूरीका लागि भारत फर्किने बताए । इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ ।

इप्रका गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुरसिंह धामीले आज बिहानसम्म दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किरहेको बताए । उनले निर्वाचन सुरक्षाका लागि सीमानाकामा कडाई गर्नुका साथै प्रशासनले जारी गरेको नाका बन्दको काम पनि कार्यान्वयन प्रहरी प्रशासनबाट भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि पश्चिमी सीमानाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ । प्रशासनले सुचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending