सियोल । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।
वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रामकताको प्रमाणको रूपमा हेर्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गरेका थिए ।
उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मूर्खतापूर्ण कार्य’ भएको बताएका छन्।
चोइले उत्तर कोरियालाई आफ्नो आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया भएको बताउँदै भने, “वासिङ्टनले टोकियो र सियोलसँग जति धेरै सुरक्षा सहयोग बढाउँछ, त्यति नै उत्तर कोरियाको सैन्य प्रतिकार तीव्र हुनेछ ।”
दक्षिण कोरियाका ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले भने, “सेनाले स्थानीय समयअनुसार बिहान १०ः४८ बजे काङवोन प्रान्तको वोनसान क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको छ ।”
उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर ९१५० माइल० उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ ।
“दक्षिण कोरिया र अमेरिकाले आज आयोजित संयुक्त क्षेप्यास्त्र प्रतिरक्षा अभ्यासमार्फत् आफ्नो बलियो संयुक्त प्रतिरक्षा अवस्थालाई पुनः पुष्टि गरेका छन्,” एक योजनाबद्ध अभ्यासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
जापानले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ भने प्रधानमन्त्री कार्यालयले प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्रप्रहारसहितका गतिविधिले हाम्रो देश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ ।
प्योङयाङका विदेशमन्त्रीले दिएको वक्तव्यसँग मिल्दोजुल्दो गरी बिहीबारको क्षेप्यास्त्र परीक्षण गरिएको विज्ञहरूले बताएका छन् । सेजोङ इन्स्टिच्युटका अनुसन्धाता चेओङ सियोङ चाङले एएफपीसँग भने, “यो अमेरिका र जापानलाई जवाफ दिने प्रयास हो ।”
इन्डोनेसियाको बालीमा भएको जी–२० को बैठकका क्रममा उत्तर कोरियामाथि लगाम लगाउन बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई आफ्नो प्रभाव प्रयोग गर्न आह्वान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: