काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जित सुनिश्चित भएको भन्दै आ–आफ्नै अडानमा छन् । यसअघि २०७४ सालको निर्वाचनमा तीन हजार चार सय १८ मतान्तरले भट्टराईलाई हराएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।
विसं २०७४ को निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो । तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादीलगायतका दलको समर्थन छ ।
बुधबार कपनमा मतदातासँग मत माग्दै गर्दा भेटेका सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले आफ्नो जित सुनिश्चित भएको बताए । यसअघिका निर्वाचनमा आफूप्रति मतदाताको उत्साह अझै पनि उत्तिकै कायम रहेको उनको भनाइ छ ।
“मतदाताले स्थानीय पूर्वाधार निर्माणका विषय ठाउँअनुसार उठाउनु स्वभाविक हो, तर बन्दै गरेको सहर हो”, उनले भने, “केही समयअघि केही क्षेत्रमा देखिएको सडक र खोपानीको समस्या अहिले धेरै हदसम्म समाधान भइसकेको छ ।”
थापाले यस क्षेत्रका मतदाताले आफूसँग स्थानीय आवश्यकताका साथै मुलुकको चिन्ता व्यक्त गरेको बताए । “उहाँहरूसँग अन्तरक्रिया गर्दा अहिलेको निर्वाचनसँगै देशको स्थितिलाई जोडेर कुरा गर्नुहुन्छ”, थापाले भने । आसन्न निर्वाचनमा विजयी भएपछि आफू कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।
आफूनो योजना आफ्नो निर्वाचन क्षेत्रको विकाससँगै सरकारको नेतृत्व गर्न पाएँ भने के गर्ने भन्नेमा पनि रहेको उनले बताए ।
“संसदीय दलको नेता छान्दै गर्दा दलको घोषणापत्र लिएर चुनाव लड्नु परोस भन्ने हो”, उनले भने, “त्यसैले संसदीय दलको नेता लड्दै गर्दा मैले पाँच वर्षमा के कस्ता काम गर्ने हो घोषणापत्र नै लिएर जान्छु ।”
उम्मेदवार थापाले सत्ता गठबन्धनको निर्वाचन प्रणालीको कारणले गर्दा निर्वाचनपछि पनि गठबन्धनका दलसँग मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
सत्ता गठबन्धनको सरकार बनेमा क्षमतालाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “क्षमता मूल्याङकन गर्न सकेनौँ भने २०४८ मा एकल बहुमत प्राप्त गर्दा पनि सरकार चलाउन नसक्ने अवस्था आउनसक्छ ।” गत निर्वाचनमा पनि नेकपा एमालेसँग पनि बहुमत भएर पनि सरकार चलाउन नसकेको उनको भनाइ छ ।
थापाले सत्ता गठबन्धनको जितपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरे । “ठूलो दलका रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ, तर पार्टीभित्रै पनि आफ्नै विधि, विधान, परम्परा छ । हामीले पहिला आफ्नो दलको नेता छान्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: