Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सप्तरी २ : अध्यक्ष यादव र राउतबीचको प्रतिस्पर्धा रोचक बन्दै

खबरडबली संवाददाता

सप्तरी । सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो । 

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोचक प्रतिपस्पर्धा हुने अनुमान गरिएको छ ।  

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आ–आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त छन् । गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जितलाई दोहर्याउने दाउमा छन् भने डा राउत र ठाकुरले यादवलाई पराजित गरेर आ–आफ्नो जित सुनिश्चित गर्ने योजनामा छन् । 

यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । पार्टी सङ्गठनको अवस्था, राजनीतिक गठबन्धन, जातीय समीकरण र राजनीतिक प्रभावका हिसाबले तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषक रामनारायण यादवले बताए । 

गत २०७४ सालको निर्वाचनमा तत्कालीन राजपा, नेपाली कांग्रेससमेतको साथ पाएर निर्वाचित भएका यादवले अहिले ती हुबै पार्टीको साथ गुमाएका छन् भने एमालेको साथ पाएका छन् । चुनावी प्रतिस्पर्धामा रहनुभएका जसपा अध्यक्ष यादवले पार्टी सङ्गठन बलियो रहेको र आफूले सप्तरीमा गरेको विकास निर्माण कार्यका कारण आफूले जित्ने दाबी गरेका छन्। 

“मैले गरेको विकास निर्माण कार्य र राजनीतिक भूमिकाका कारण मेरो कसैसँग प्रतिस्पर्धा छैन”, अध्यक्ष यादवले भने, “पाँच वर्षमा विकास निर्माणका धेरै आधार खडा गरेका छौैँ, त्यसैले जनताले फेरि पनि मलाई नै मत दिएर विजयी बनाउँछ ।” 

आफ्नो कार्यकालमा विभिन्न सडक सञ्जालको निर्माण, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधारलगायतको काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने अध्यक्ष यादवको दाबी छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको तमका आधारमा मजबुत देखिएको पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुरले यसक्षेत्रमा गठबन्धन मजबुत रहेको, सधैँ जनताको बीचमा रहेर निरन्तर काम गरेको र शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा योगदान रहेकाले आफूले चुनाव जित्ने दाबी गरेका छन्। 

“म जनतासँग नजिक भएर काम गरेको र उहाँहरुको सदैव सेवा गरेको आधारमा पनि मेरो बलियो स्थिति छ”, ठाकुरले भने, “गठबन्धन पनि एक ढिक्का छ, त्यसैले जित सुनिश्चित छ ।” दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर जित सुनिश्चित गर्ने दाउमा रहेका जनमत अध्यक्ष डा राउतले पुराना नेताबाट जनता दिक्क भइसकेकाले अब निर्वाचनमा मतदाताहरुले आफूलाई विजयी बनाउने दाबी गरे । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका डा राउतले पहिलो प्रयासमै आफू सफल हुने बताए । 

“बूढापाकाको आशीर्वाद र युवाको जोश, जाँगर र ऊर्जाका कारण म उत्साहित छु”, डा राउतले भने, “पुराना नेताबाट जनता दिक्क भइसकेका छन्, मतदाता नयाँलाई अवसर दिन चाहिरहेका छन् ।” त्यसैले म चुनाव जित्छु भनेमा ढुक्क छु उनको भनाइ थियो ।  

कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको यस क्षेत्रमा सप्तरी सदरमुकाम राजविराजसहित महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिएको छ । 

यस क्षेत्रमा पाँच दलीय गठबन्धनको मत ३७ हजार तीन सय ७३ छ भने एमाले–जसपा गठबन्धनसँग १९ हजार ७५ मत र जनमत पार्टीको तीन हजार दुई सय ७१ मत छ । यस क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको प्रमुख उपप्रमुखमा जसपाले जित हात पर्दा महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपा तथा तिलाठी कोइलाडीमा कांग्रेसले जित हात पारेको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending