काठमाडौ । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ ।
सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स ९क्युआर० कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी रु छ अर्ब नौ करोड ७० लाखको कारोबार भएकामा चालु आवको समिक्षा अवधिमा यसको प्रयोग गरी रु १७ अर्ब ३३ करोड ७० लाखको कारोबार भएको छ ।
त्यस्तै चालु आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट रु ४३ करोड ६० लाखको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा रु १५ करोड ३० लाखको कारोबार भएको थियो ।
केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी रु ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ ।
त्यस्तै चालु आवको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी रु ८८ अर्ब ८९ करोड ६० लाखको कारोबार भएको छ । यसको प्रयोगगरी गत आवको सोही अवधिमा रु ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ ।
त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएसको प्रयोगबाट हुने कारोबार २८ दशमलव ४८ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा रु दुई खर्ब ३९ अर्ब १४ करोड ८० लाखको कारोबार भएकोमा चालु आवको समीक्षा रु तीन खर्ब सात अर्ब २७ करोड ५० लाखको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा वालेटमार्फत रु १६ अर्ब ५६ करोड ८० लाखको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा रु १५ अर्ब १८ करोड ७० लाखको कारोबार भएको थियो । विवरणानुसार अघिल्लो आवका आधारमा चालु आवको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ ।गत आवको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी रु १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकामा चालु आवको समीक्षा अवधिमा रु ११ अर्ब ९५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: