बाली । चीनका राष्ट्रपति सी चिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताएका छन् ।
विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक भएको बताए ।
चिनियाँ राष्ट्रपतिले जनतालाई केन्द्रमा राखेर विकासलाई प्राथमिकता दिनुपर्ने, विकासोन्मुख देशका समस्या समाधानमा चासो दिनुपर्नेमा जोड दिँदै कोभिडविरुद्धको अन्तरराष्ट्रिय सहयोगलाई निरन्तरता दिनुपर्ने बताए । आर्थिक पुनरुत्थानका निम्ति पनि उपयुक्त वातावरण बनाउन आवश्यक भएको उनले बताए ।
विश्वव्यापीरूपमा बढेको मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने, प्रणालीगत आर्थिक एवम् वित्तीय जोखिम घटाउनुपर्ने, सुदृढ अर्थतन्त्र भएका राष्ट्रका मौद्रिक नीतिको समायोजनबाट परेको प्रभाव कम गर्नेतर्फ लाग्नुपर्ने तथा उनीहरूको ऋणलाई दिगोस्तरमा राखेर बढ्दो ब्याजबाट जोगाउनुपर्ने आवश्यक राष्ट्रपति सीले औँल्याए ।
वर्तमान विश्वले सामना गर्नुपरेका विविध चुनौती सामना गर्न सबै देशले साझा भविष्यलाई सम्झेर सामुदायिक दृष्टिकोण अँगाल्नुपर्ने, विकासको बाटोमा अग्रसर देशलाई थप सहयो गर्नुपर्ने, सन्तुलित विकाका निम्ति उनीहरूलाई सघाउनुपर्ने, विश्वको प्रगतिलाई अगाडि बढाउन तथा मानव जातिको उन्नयन र शान्तिका लागि उदाहरणीय नेतृत्वका लागि विश्व नेतालाई उनले आह्वान गरे ।
राष्ट्रपति सीले खाद्यान्न र ऊर्जाका विषयलाई राजनीतिकरण गर्ने, तिनलाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्तिको दृढतापूर्वक विरो गर्नुपर्ने, एकतर्फीरूपमा लगाइएका प्राविधिक एवम् अन्य क्षेत्रका सबै प्रतिबन्ध हटाउनुपर्ने बताए ।
आधुनिकीकरणको दिशामा अग्रसर चीनले विश्वका लागि थप अवसरहरू सृजना गर्ने, अन्तरराष्ट्रिय सहयोगलाई गतिदिने तथा मानव प्रगतिका निम्ति सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अफ्रिकी सङ्घलाई समूहमा सामेल गर्न चीनको समर्थन रहेको चिनियाँ राष्ट्रपतिले बताए । उनले विश्वको विकासलाई थप समावेशी, सबैका लागि लाभदायक एवम् थप लचिलो बनाउनुपर्ने बताउँदै तीनबुँदे प्रस्ताव पनि प्रस्तुत गरे । समूहमा १९ देशसहित युरोपेली सङ्घ सदस्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: