सिरहा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन्।
पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र गठबन्धन गरेको भन्दै उनले एमाले परित्याग गरेका हुन्।
सोमबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन रामले आफू एमालेको पार्टी सदस्य समेत नरहने घोषणा गरेका हुन्।
पार्टी केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि तथा प्रदेश सभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि केही नेताहरुको व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टी निर्णय विरुद्ध दक्षिणपन्थी र नाकाबन्दी गर्नेहरुसँग गठबन्धन गर्नु जनता र देशविरोधी गतिविधि भएको रामले बताए।
एमाले जनवर्गीय संगठन जातीय मुक्ति समाजको केन्द्रीय सचिवसमेत रहेका रामले भने, ‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादीको छवि बनाएका केपी ओलीले उपेन्द्र यादव र राजेन्द्र लिङ्देनहरुसँग साँठगाँठ गरेर आफ्नो वास्तविक चरित्र देखाएका छन्।’
पार्टीको सम्पूर्ण इज्जत नै ध्वस्त पार्ने गरी गणतन्त्रविरोधी, राजसंस्था स्थापना, हिन्दु राष्ट्रको माग गर्नेहरुसँग साँठगाँठ गरेर एमालेले जनविरोधी र परिवर्तन विरोधी काम गरेको उनको भनाई छ।
‘कमल थापाजस्तो कुख्यात व्यक्तिलाई पार्टीको चुनाव चिन्हमा उम्मेदवारी गराउनुले झन् पार्टी नेतृत्व एकल, अपारदर्शी र अराजक ढङ्गले अगाडि बढेको हुँदा यो पार्टीमा बसिरहनुको अर्थ छैन।’
जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा रहेका निश्चित व्यक्तिले बैठकमा प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटीले पार्टी निश्चित व्यक्तिको कब्जामा रहेको रामको आरोप छ। उनले भने, ‘बैठकहरुमा कुनै प्रस्ताव मागिन्छ, न त त्यसको निर्णय प्रकृयामा कसैलाई सहभागी गराइन्छ, नेताले आफ्नो अनुकुलको प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटी छ। यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ छैन।’
उनले थपे, ‘जिल्लाका नेताहरुको एकलौटी, आफू अनुकुल पार्टीलाई प्रयोग गरिरहेका छन्, जसका कारण धेरै इमान्दार नेता कार्यकर्ता उकुसमुस भएका छन्, त्यहाँ जुनसुकै बेला विद्रोह हुन सक्छ।’
उनले पत्रकार सम्मेलनमै आफ्नो पार्टी परित्यागको घोषणासँगै विभिन्न खालको आरोप आउने पनि बताए। उनले भने, ‘मैले पार्टी परित्यागको घोषणासँगै विभिन्न आरोपहरु लगाउन सक्छन्, त्यसको म सधैं जमेर प्रतिवाद गर्न तयार छु।’
बृहत कम्युनिष्ट एकीकरणको आवश्यकता औंल्याउने रामले आफू तत्काल कुनै राजनीतिक दलमा नजाने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: