दोलखा । कालिञ्चोक केबलकारको भाडा बढाइएको छ । चुनावको मुखमा भाडा बढाइएपछि चुनाव खर्च उठाउन भाडा बढाइएको टिप्पणी हुन थालेको छ ।
कालिञ्चोक दर्शन लिमिटेडले पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत भाडा बढाउँदा कालिञ्चोक आउने पर्यटकहरू मर्कामा पर्ने देखिएको छ । जसका कारण पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । कालिञ्चोक दर्शन लिमिटेडले २० प्रतिशत भाडा बढाएर प्रतिव्यक्ति ६ सय पुर्याएको छ ।
प्रतिनिधिसभाका लागि दोलखाबाट नेकपा एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्षसमेत हुन् । सोही कारण उम्मेदवारी दर्ता गराएपछि चुनाव खर्च उठाउन शिवाकोटीले केबलकारको भाडा बढाएको टिप्पणी हुने गरेको छ ।
४ वर्षअघि सञ्चालनमा आएको केबलकारमा ४ वटा गोण्डला छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता छ । केबलकारको भाडा यसअघि ५ सय रहेकोमा दसैँ अघिदेखि १०० रुपैयाँ बढेको हो ।
कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर छ । यसमा एकतर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरि हिल्सपछिको तेस्रो केबलकार हो ।
मनकामनामा ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरि ४ किलोमिटरको भाडा ८ सय रुपैयाँ मात्रा जबकी ९ सय मिटर लामो कालिञ्चोक केबलकारको भाडा भने ६ सय पुर्याइएको छ ।
कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नुपर्छ । कतिपय धार्मिक पर्यटकहरू त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् ।
केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरू बढेका छन् । तर, भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरूमा असर गरेको कालिञ्चो मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तामाङले बताए ।
२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भने हिँडेरै मन्दिर जान थालेका छन् ।
केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ र ५ बीच सीमाको स्वामित्व विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन शिवाकोटीले पहुँचका भरमा गुठी बनाएर कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ ।
जग्गासम्बन्धी विवाद अख्तियारले छानबिन गरिरहेको छ । जग्गा विवादकै कारण केबलकार निर्माणका बेला पटक पटक स्थानीयसँग झडप भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: