Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिन्धुपाल्चोक १ : मतदाताको रोजाईमा युवा उम्मेदवार सुवोध

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । देशै भर युवा  र नयाँ  अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा सुबोध घर दैलोमा पुगेर मतदाताको माया बटुलिरहेका छन।

दुई दशक यता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय सुबोधलाई उम्मेदवारका रुपमा पाउदा सिन्धु १ का नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिए । 

जितेर गएपछि आफूहरुलाई नविर्सन आग्रह गरे । निर्वाचन क्षेत्रका गाउँ बस्तिहरुमा घरदैलो, मतदाता भेटघाट र कोणसभाहरुमा मतदाताको कुरा सुन्ने उनको बानी मन पराएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा  उम्मेदवार सुबोधले निर्वाचनमा केही मौलिक प्रयोग पनि गरेका  छन् । जय नेपाल र अभिवादनको संयुक्त सम्बोधन, विपक्षी दल र उम्मेदवारलाई गालि नगर्ने, आफ्ना प्रतिवद्धता राख्नु अघि आम नागरिकको कुरा सुन्ने, संघीय सांसदको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने कामको चर्चा गर्ने,  स्पष्ट, सरल, छोटो र सिलसिलेवार भाषण गर्ने सुबोध कुशलताले सबैलाई आकर्षित गरेको छ ।    

जनयुद्धकालिन राजनीतिक पृष्भूमिबाट हुर्किएका, पार्टिको पोलिटव्युरो सदस्य सुबोध हेडक्वाटरसँग सिधा सम्पर्क भएका युवा नेता हुन् ।  निर्वाचन क्षेत्र पलाँतीमा नेता मोहन बस्नेतको घरमा बास बसेपछि सञ्चारकर्मीहरुसँगको भेटमा उनले नेता कार्यकर्तालाई व्यवस्थित परिचालन र  गठबन्धनलाई अझ कसिलो बनाउन लागिपरेको बताए । एक चरणको घरदैलो तथा मतदाता भेटघाट अन्तिम चरणमा पुग्दा आम नागरिकको मायाले आफू थप उत्सासिहत भएको उनको भनाइ छ ।

पहिलोपटक उम्मेद्वारी दिएर चुनावमा होमिएका सुबोधसङ्ग १५ वर्ष यता जिलाको निर्वाचन परिचालन र व्यवस्थापनको अनुभव छ। सभामुख अग्नि सापकोटाको २०६४, २०७० र २०७४ को चुनावमा परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सुबोध जिलामा सबै उमेर  समूह, खासगरी युवामाझ लोकप्रिय छन।

नेता मोहन बस्नेतको अविभावकत्वमा समग्र सिन्धुपाल्चोकको विकास र समृद्धिको काम गर्ने उनको वचनवद्धता र चुनावी अभियानका क्रममा देखिएको उनको शालिनताले  सुबोधप्रति मतदाता आकर्षित छन् । पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरि साझा प्रतिनिधिका रुपमा सेवक भएर काम गर्ने उनको संकल्पले सबै उमेर समुहका मतदाता हर्षित छन् । 

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा प्रतिश्पर्धी उम्मेदवार भन्दा गठबन्धका साझा उम्मेदवार दोब्बर मतान्तरले अघि छन् । सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धन उदाहरणीय र कसिलो देखिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending