काठमाडौँ । यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई ८४ रनले पराजित गरेको छ । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाई १ सय ७९ रनमात्र बनायो ।
ब्याटिङमा निकै कमजोर सुरुआत गरेको नेपालबाट अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका अर्जुनले ७९ बल खेल्दै ५ चौका प्रहार गरे । उनका ओपनिङ जोडि आसिफ शेख १२ रनमा आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल दुई बलमा नकआउट भए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलिरहेका आयन खानले नेपाली ब्याटिङलाई भताभुङ्ग बनाइदिए । आसिफ र ज्ञानेन्द्रसहित रोहित पौडेलको पनि विकेट लिए । रोहितले १ रनमात्र जोड्न सके । डेब्यु गरिरहेका हरिशंकर शाह ८ रनमा आउट भए । त्यसपछि अर्जुन र दीपेन्द्रले नेपाली इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । दीपेन्द्रले ८४ बल खेली ६ चौका प्रहार गरे ।
कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए । कुशललाई पनि आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे । करण केसी ३ रनमा आउट भए । गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको यूएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए ।
यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको थियो । मोहम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभर भित्र ७५ रन जोडेर यूएईलाई राम्रो सुरुआत दिलाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: