Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अफगानिस्तानका महिलालाई सार्वजनिक पार्क प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनुपर्छ: अधिकारवादी समूह

खबरडबली संवाददाता

काबुल । लण्डनस्थित एम्नेस्टी इन्टरनेसनलले काबुलका सार्वजनिक पार्कमा महिलालाई जान रोक्ने तालिबानको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ । 

तालिबानले काबुलका सार्वजनिक पार्कहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाउनु देशमा महिला अधिकारको लागि अर्को धक्का हो । 

तालिबानको यस्तो कुनै पनि निर्णय तत्काल उल्टाउनु पर्दछ किनकि तालिबानको अधीनमा महिला अधिकारहरू व्यवस्थित रूपमा आक्रमणको अधीनमा छन्,” एम्नेस्टीले ट्विटरमा पोस्ट गरेको एक विज्ञप्तिमा भनेको छ । सन् २०२१ को अगष्टमा तालिबान काबुल फर्केपछि तालिबानले महिला तथा बालिकाको अधिकारमाथि गरेको योजनाबद्ध आक्रमण र यातना तथा बलपूर्वक बेपत्ता पार्नेलगायत हिंसाको प्रयोगले अफगान समाजमा भयको संस्कृति सिर्जना गरेको छ । 

तालिबानको सदाचार मन्त्रालयले आफ्नो पछिल्लो आदेशमा महिलाहरूलाई काबुलका पार्कहरूमा जानबाट रोकेको टोलो न्यूजले जनाएको छ । 

हिजाब नमनाउने भएकाले महिलामाथि यो प्रतिबन्ध लगाइएको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा तालिबान सत्तामा फर्किएसँगै महिलाहरूलाई आवतजावतको स्वतन्त्रता, शिक्षाको अधिकार र राजनीतिक सहभागिताजस्ता आधारभूत अधिकारहरू प्रयोग गर्नबाट वञ्चित गरिएको छ । 

एमनेस्टीले जारी गरेको वक्तव्यमा तालिबानले पूर्ववर्ती सरकारको पालामा महिलाविरुद्ध हुने घरेलु हिंसाका घटनालाई सम्बोधन गर्न बनाइएका संस्थाहरूलाई पनि ध्वस्त पारेको उल्लेख गरेको छ । “तालिबानले केही दिनअघि मात्र पक्राउ परेका थुप्रै महिला अधिकारकर्मीसहित कैयौँ महिलालाई  गैरकानुनी रूपमा गिरफ्तार गरी हिरासतमा लिएको छ र यातना दिएको छ भने शान्तिपूर्ण आन्दोलनका पोस्टरहरूलाई हटाएको छ ।” 

यसबाहेक, समूहले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान शासनअन्तर्गत महिलाहरूले भोगेको व्यवस्थित पीडा र उनीहरूको अधिकारप्रति आँखा चिम्लन आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसङ्घले दुई तिहाइ अफगानी भोकभोकै बसिरहेको र बालिका शिक्षा तालिबानको ‘अनियमित आदेश’को अधीनमा रहेको र अफिमको उत्पादनमा भएको ठूलो वृद्धिका कारण अपराध र आतङ्कवाद फेरि फस्टाउँदै गएको चेतावनी दिएको पृष्ठभूमिमा यो पछिल्लो प्रतिवेदन आएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष सिसाबा कोरोसीले तयार पारेको प्रतिबेदनमा करिब पाँच दशक लामो ‘द्वन्द्व’को सामना गरिरहेको तालिवान शासित देशको सामान्य जीवनको लगभग सर्वनाशकारी चित्र कोरेका थिए । अन्तर्राष्ट्रिय समुदायलाई ४.४ अर्ब अमेरिकी डलरका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय अपीलमा २.३ अर्ब अमेरिकी डलरको कमी पूरा गर्न आग्रह गरेका छन् ।

न्यूयोर्कमा सम्बोधन गर्दै उनले अफगानिस्तानमा समावेशी र दिगो शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नु नैतिक र व्यावहारिक आवश्यकता भएको बताए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending