Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

बारामा राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा

खबरडबली संवाददाता

कलैया । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।    

बारा निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२ र महिला ४६ हजार दुई सय ६९ मतदाता छन् । जिल्लामा ८२ मतदानस्थल र एक सय ३६ मतदान केन्द्रको व्यवस्था गरिएको छ । राजनीतिक दलबाट ११ जनासहित २२ उम्मेदवार चुुनावी मैदानमा छन् ।

राजनीतिक दलबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुशवाहा तथा स्वतन्त्र रवीन्द्रप्रसाद यादव र रामकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यी चारै उम्मेदवारको मतदाताबीच राम्रो पकड छ ।

प्रदेशसभा (क) मा राजनीतिक दलबाट छ र स्वतन्त्रबाट सात उम्मेदवार चुनावी मैदानमा छन् ।  एमालेका बलवीरप्रसाद चौधरी, लोकतान्त्रिक समाजवादीका मोतीलाल प्रसाद र स्वतन्त्रका शारदाशङ्करप्रसाद कलवारबीच कडा प्रतिस्पर्धा हुने बताइन्छ । बलवीरप्रसाद संविधानसभा सदस्य सहिसकेका छन् । सारदाशङ्कर २०७४ प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए । यस क्षेत्रमा महिला २३ हजार पाँच सय ७४ र पुरुष २८ हजार आठ सय २९ मतदाता छन् । यहाँ ४२ मतदानस्थलमा ६९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी प्रदेशसभा (ख)मा राजनीतिक दलका छ र स्वतन्त्र नौ गरी १५ उम्मेदवार छन् । जसपाका बच्चा राउत अहिर, कांग्रेसका रामअयोध्याप्रसाद यादव र जनमत पार्टीका गजानन्दप्रसाद यादवबीच त्रिपक्षीय  प्रतिस्पर्धा हुने देखिन्छ । अहिर २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यस क्षेत्रमा पुरुष २९ हजार नौ सय १३ र महिला २२ हजार छ सय ९५ मतदाता छन् । यहाँ ४० मतदानस्थलमा ६७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending