चितवन । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।
भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्षेत्रमा धानपछिको बाली र तरकारी लगाउन किसान व्यस्त छन् ।
भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी यतिबेला खेतमा व्यस्त छन् । आफूले लगाएको चार बिघा १० कठ्ठाको धान थन्क्याउने र नयाँबाली लगाउन उनलाई भ्याइनभ्याइ छ । अधिकारीले भने, “चुनावको कुरा गर्ने फुर्सद पनि छैन ।” कुन उम्मेदवारलाई भोट दिने भन्ने विषय खेतबारीमै चर्चा हुने गरेको छ ।
अर्मपर्म गरेर खेतीपाती थन्क्याउने क्रममा उम्मेदवारका बारेमा छलफल हुने गरेको भए पनि धेरै किसानले उम्मेदवार छान्न नभ्याएको अधिकारीले बताए । निर्वाचनको मिति तोक्नेले किसानका लागि समय नमिलाएको उनको गुनासो छ । गुञ्जानगरका विष्णु ढकालले सबै खेतबारीमा भएकाले उम्मेदवारले मतदाता भेट्न नसकेको बताए । उनले भने, “खेतखेतमा पुग्न उम्मेदवारलाई पनि गाह्रै भयो, किसानले पनि यो बेला काम नगरी हुँदैन ।”
गाउँका स्थानीय नेतासमेत किसान हुने भएकाले चुनावी प्रचारप्रसार र घरदैलो समेत प्रभावित हुने गरेको छ । यस अघिका निर्वाचनमा ठूलो सङ्ख्यामा उपस्थिति देखिने गरेको भए पनि यतिबेला कम मात्रै मानिसको उपस्थिति रहने गरेको छ । ढकालले भने, “यो त धान थन्क्याउने र बाली लगाउने बेला हो, किसानका लागि उपयुक्त समय होइन ।” केही अघि वा पछि गरिदिएको भए सजिलो हुने उनको सुझाव छ ।
माडी नगरपालिका–७ का नारायणप्रसाद काफ्ले यो खेती थन्क्याउने र लगाउने समय भएकाले निर्वाचनका बारेमा सोच्न नभ्याएको बताए । किसानहरु आफ्नै कामको माचोका कारण चुनावी कार्यक्रममा निस्किन नभ्याएको उनको भनाइ छ । काफ्लेले भने, “थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन ।”
पूर्वी चितवनमा यतिबेला किसान तोरी र तरकारी लगाउन बढी व्यस्त छन् । भोट माग्न पुगेका उम्मेदवारलाई उनीहरुले समयमा मल नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । आउँदो वर्षबाट मलको अभाव नहुने गरी काम गर्न उनीहरुले सुझाव दिने गरेका छन् । घरदैलो अभियानमा कतिपयले मल नपाएको भन्दै आक्रोशित हुने गरेको स्थानीय पत्रकार होमनाथ सापकोटाले जानकारी दिए ।
मतदाता घरमा नभेटिएपछि उम्मेदवारलाई पनि निकै कठिन हुने गरेको छ । केही दिनअघि भरतपुरमा पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले किसान घरमा नभेटिँदा घरदैलो अभियानमा उपस्थिति सोचे जस्तो नभएको गुनासो गरेका थिए ।
उम्मेदवारलाई प्रत्यक्ष रुपमा मतदाता भेट्न नपाउँदा सन्तुष्टि नमिल्ने गरेको बताए । कृषि ज्ञान केन्द्र भरतपुरका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यो समय धान थन्क्याउने र नयाँ बाली लगाउने बेला भएको बताए । किसानलाई सबै समय व्यस्त हुने भए पनि यो समय बढी नै मेहनत गर्नुपर्ने समय भएको उनले बताए । किसानले धान थन्क्याएपछि खेतमा जोतेर हिउँदे बाली लगाउने समय भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: