Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

खबरडबली संवाददाता

काठमाडौँ । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहनुभएका उनलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सो रक्ततत्व आज हस्तान्तरण गरेका हुन्  । बिरामीको अवस्थाबारे जानकारी गराइ अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले सो रगत निःशुल्क उपलबध गराउन रेडक्रससँग सहजीकरण गरेका थिए  ।

“पहिला राजीव गान्धी अस्तपताल भारतमा छोरालाई लगेँ, बोनम्यारो फेरियो, त्यसको एक वर्षपछि बारम्बार समस्या आइरह्यो, यहाँ अस्पतालमा आइसकेपछि पनि उपचारका लागि प्लेटलेट धेरै चाहिरहेको र पाउन मुस्किल भइरहेका बेला आज यो नयाँ खालको प्लेटलेट अस्पतालमा ल्याइदिनुभएकामा वरदान नै पाएजस्तो भएको छ”,   केशवले भने। 

डेङ्गुको प्रभाव बढेको समयमा केन्द्रीय रक्तसञ्चार सेवाले एफेरेसिस प्रविधिबाट सिङ्गल डोनर प्लेटलेट उत्पादनलाई गति दिएको रक्तसञ्चार निर्देशक पौडेलले जानकारी दिए  । नेपालका थोरै स्थानमा मात्रै यो सेवा रहेको छ र यो प्रविधि महँगो छ । डेङ्गु र क्यान्सरपीडितका लागि बढी चाहिनसक्ने भएकाले शुल्कमा सहुलियत गर्न सङ्घीय सरकार, स्थानीय निकायको सहयोगको अपेक्षा रहेको निर्देशक पौडेलले बताए  । 

के हो सिङ्गल डोनर प्लेटलेट ?

रक्तदानका क्रममा दाताको शरीरबाट रक्तथैलीमा जम्मा भएको रगतमध्ये प्लेटलेट तत्व मात्र थैलीमा राखी बाँकी सबै रगत दाताको शरीरमा अत्याधुनिक एफरेसिस प्रविधिको मेशिनले फिर्ता पठाइदिन्छ । जुन तत्व चाहिएको हो त्यही तत्वमात्र दाताको शरीरबाट निकालिने र बिरामीलाई पनि चाहिएको तत्वमात्रै दिइने भएकाले यो प्रभावकारी हुने चिकित्सकले जनाएका छन् । प्लेटलेट तत्व मात्रै पोकामा हुने भएकाले डाक्टरको अनिवार्य सिफारिसमा इमरजेन्सी अवस्थामा जुनसुकै रक्तसमूहका बिरामीलाई पनि यो दिन सकिने हुन्छ ।

अर्को दान गर्न दाताले तीन महिना कुर्नु नपर्ने यो एफरेसिस प्रविधिको अर्को फाइदा हो । यो प्रविधिबाट हरेक एक÷एक महिनामा रक्तदान गर्न सकिन्छ । यो रक्तदानमा ८० देखि १०० मिनेट लाग्दछ । दातालाइ क्याल्सियम कम नहोस् भनेर दानका क्रममा चक्की र अतिरिक्त पोषिलो खानेकुरा दिइन्छ ।  

धेरै रगत चढाउनुपर्ने गम्भीर बिरामीका लागि साइटइफेक्ट नहुने र आठ युनिट बराबरको काम एकै पोकाले गर्ने भएकाले सिङ्गल डोनर प्लेटलेट अत्यन्तै लाभदायक हुने चिकित्सक डा प्रकाश यादवले बताए ।  

सिङ्गल डोनर प्लेटलेटको समय तीनदेखि पाँच दिनमात्रै हुने भएकाले बिरामीका लागि माग आएपछिमात्रै उपयुक्त डोनर खोजी गरी केन्द्रीय रक्तसञ्चार सेवामा यो प्रविधि सञ्चालन भइरहेको छ । रक्तसञ्चार सेवाका चिकित्सकबाट बिरामी र दाताले यसबारे थप जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending