Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

आचारसंहिता विपरीत गतिविधि नगर्न निर्वाचन कार्यालयको आग्रह

खबरडबली संवाददाता

कास्की । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेका पाइएको छ । 

राजनीतिक दल र उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारंहिता पूर्णपालना गर्ने प्रतिबद्धता जनाए पनि अनुगमनका क्रममा आचारसंहिता विपरीत प्रचारप्रसार गरेको पाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आचारसंहिता अनुगमन गर्दा आचारसंहिताको पालनामा दलहरु र उम्मेदवार गम्भिर नभएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए  ।

उनका अनुसार विभिन्न राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनुमति नलिइकन प्रयोग गरेको, सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिन्हको स्टिकर तथा साउण्ड सिस्टम प्रयोग गरेको, पोल तथा सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड राख्ने लगायतका आचारसंहिता विपरीतका गतिविधि पाइएको छ ।

पराजुलीले भने,“निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कार्यान्वयनका लागि विभिन्न संयन्त्रमार्फत गहनरुपमा अनुगमन भइरहेको छ । आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई सो कार्य नगर्न प्रत्यक्ष कुराकानी र टेलिफोनबाट निर्देशन दिएका छौँ ।” निर्वाचन कार्यालयका अनुसार अर्को पटकका लागि सो कार्य नदोहोराउन, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न र आचारसंहिता विपरीत प्रयोग भएका सामग्री हटाउन राजनीतिक दल तथा उम्मेदवारलाई सजग गराएको छ ।

कार्यालयले आगामी दिनमा आचारसंहिता विपरीतका कार्य दोहोरिएमा प्रचारप्रसारमा प्रयोग भएका सवारीसाधन तथा अन्य सामग्री जफत गरी निर्वाचन आयोग ऐन २०७३, निर्वाचन ऐन २०७३ तथा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही हुने जनाएको छ । 

राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको अनुमति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट लिनसमेत आग्रह गरिएको छ ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending