Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

फ्रान्सेली ‘क्याथोलिक चर्च’ : पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले ३ लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा

खबरडबली संवाददाता

पेरिस । फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुव्र्ययवहार भएका स्वीकार गरेको छ । अठत्तर वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुव्र्ययवहार गरेको स्वीकार गरेपछि ईश्वरका घरमा भएका ती निन्दनीय कृत्य सार्वजनिक भएका हुन् । 

दक्षिणपश्चिमी फ्रान्सको बोर्डोको आर्कबिशपले ‘पैतीस वर्षअघि म पादरी हुँदा १४ वर्षकी युवतीसँग मैले निन्दनीय व्यवहार गरेको थिएँ । मेरो व्यवहारले पीडितमा गम्भीर एवम् अप्रिय परिणाम निम्त्याएको छ,” उनले लिखित स्वीकारोक्तिमा भनेका छन् । उनले पीडितसँग कुरा गरेको क्षमा याचना गरेको पनि बताएका छन् । आफूबाट भएको अपराधका निम्ति उनले अन्य सबैसँग पनि माफी मागेका छन् । 

गत वर्ष एक स्वतन्त्र आयोगद्वारा जारी गरिएको एक अध्ययनले बितेका ७० वर्षमा फ्रान्समा पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले तीन लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा भएपछि धार्मिक कर्तव्यबाटच्युत हुनेविरुद्ध निगरानी थालिएको छ भने गिर्जाघरहरूमा पनि नियमितरूपमा कानुन कार्यान्वयन निकायबाट अनुगमन हुने गरेको छ । 

फ्रान्सेली विशप सम्मेलनका अध्यक्ष एरिक डे मौलिन्स–ब्युफोर्टले बहालवाला विशप र पूर्वविशप, फ्रान्सेली न्याय वा चर्च अधिकारीहरूले अनुसन्धान गरेका विभिन्न घटनाहरूमा यौन दुव्र्यवहारका घटना अधिक भेटिएका बताएका छन् । बाल यौन दुव्र्यवहारका पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था पनि हुन थालेको उनले बताए । 

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटनाको अनुसन्धानमा पनि पीडितहरूको मानसिक स्वास्थ्यमा नकारात्मक नतिजा पाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending