Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

काठमाडौँ–७ : यस्तो छ उम्मेदवारका चुनावी ‘एजेण्डा’

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन ।  

काठमाडौँ क्षेत्र नं –७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर मैदानमा छन् । नेकपा (एमाले) बाट श्यामकुमार घिमिरे उम्मेदवार हन् । यमीलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।

सो क्षेत्रमा विसं २०७४ निर्वाचनमा नेकपा (एमाले) बाट रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय दुई मत प्राप्त गरेका थिए । तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रबद्र्धनमा सहजीकरण गर्ने अठोटका साथ गठबन्धनका उम्मेदवार मानुषी अघि बढेका छन् । कुल गार्हस्थ्य बचत वृद्धि गरी लगानीतर्फ प्रोत्साहन गर्ने उनको  चुनावी प्रमुख एजेन्डा रहेको छ ।

यसपटक पूर्व सांसद मानन्धर स्वतन्त्र रुपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा छन् । ०७४ सालको निर्वाचनमा निर्वाचित उनी मानन्धर आफूले सुरु गरेर पूरा गर्न नभ्याएका बाँकी विकासका योजना पूरा गर्न पुनः उम्मेदवारी दिएको बताए । उनी आफ्नो जित कायम राख्ने कसरतमा छन् । सो क्षेत्रमा तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले उम्मेदवार घिमिरे कला, संस्कृतिको संरक्षण गर्दै पर्यटकीय विकासका योजनालाई अघि बढाउने एजेन्डासहित चुनावमा होमिएका छन् । त्यस्तै,सो निर्वाचन क्षेत्रमा १० वडा समेटिएका छन् । ती मध्ये काठमाडौँ महानगरपालिकाका चार, नार्गाजुन नगरपालिकाका तीन र तारकेश्वर नगरपालिकाका तीन वडाहरु रहेका छन् । 

गत स्थानीय तहको निर्वाचनको नतिजाअनुसार काठमाडौँ महानगरको १६, १७ र २५ सोही क्षेत्रअन्तर्गत पर्ने नागार्जुन नपा–१ र तारकेश्वर–५ मा कांग्रेसले जित हासिल गरेको छ । एमालेले काठमाडौँ महानगरअन्तर्गतका वडा नं १८, सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने नागार्जुनको २, ३ र तारकेश्वरको वडा नं ४ मा जित हासिल गरेको छ । सो निर्वाचनमा कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ६७, एमालेका वडाध्यक्षले १२ हजार दुई सय दुई, नेकपा (माओवादी केन्द्र) ले पाँच सय ७६ र नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३८ मत प्राप्त गरेका छन् । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिन्छ । 

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरुमा मानन्धरसहित हेमबहादुर ढुङ्गेल, रोजिना अवाले, किरण केसी, सुजनराज बज्राचार्य, रवीन्द्रकुमार श्रेष्ठ, लोकप्रसाद सिंखडा, प्रसन्नकुमार अर्याल, यादवलाल कायस्थ, राजकुमार कोइराला, भरत तामाङ, मञ्जुमाया तामाङ, जानुका पौडेल, हेम ढुङ्गेल, लक्ष्मण गजुरेल र ईश्वर अर्याल छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धु्रवविक्रम मल्ल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, जनसमाजवादी पार्टी नेपालबाट शैलेशराज श्रेष्ठलगायतले उम्मेदवारी द्यिउका छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ–७ मा कुल मतदाताको सङ्ख्या ६१ हजार दुई सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending