NTC Banar
Khabar Dabali २१ मंसिर २०७९ बुधबार | 7th December, 2022 Wed

कान्तिपुरद्वारा युरोप टुर प्याकेज सुरु, फ्रान्सबाट सुरु हुने टुर यी सात युरोपका देशहरु पुगी नेपाल फर्किने

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं ।  कोभिडपछि करिब–करिब बन्द भएको वैदेशिक घुमघामको प्याकेज यति बेला ट्राभल एजेन्सीहरूले पुनः ल्याउन थालेका छन् । सन् २०२२ को क्रिसमस र २०२३ को नयाँ वर्षलाई मध्यनजर गर्दै ट्राभल एजेन्सीहरूले अन्तर्राष्ट्रिय टुर प्याकेजहरू ल्याउन थालेका छन् । र, यति बेला टुर प्याकेज भारत, थाइल्यान्ड, इन्डोनेसिया र सिंगापुरभन्दा टाढा अब युरोप टुरकै प्याकेज सुरु भएको छ । 

लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेजले यति बेला १० रात ११ दिनको युरोप टुर प्याकेज सुरु गरेको छ । सन् २०२३ को नयाँ वर्षलाई मध्यनजर गर्दै टुर प्याकेज ल्याइएको कान्तिपुरहोलिडेजका महाप्रबन्धक हेमराज भट्टले बताए ।

यस्तो छ कान्तिपुर होलिडेजले ल्याएको ११ दिनको युरोप टुर प्याकेज

लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेजले सन् २०२२ को क्रिसमस तथा सन् २०२३ को नयाँ वर्षलाई मध्यनजर गर्दै फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, अष्ट्रिया, इटाली र स्वीटजरल्याण्डको  टुर प्याकेज ल्याएको छ । फ्रान्सबाट सुरु हुने टुर प्याकेज स्वीटजरल्याण्डको ज्युरिच पुगी नेपाल फर्केपछि समाप्त हुनेछ ।