Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

अझै पनि सडक, बिजुली र खानेपानीको समस्यामा स्थानीयवासी

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनले यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले कुनै नयाँ कुरा सुन्नु भएन, नेताहरूको उही पुरानै भाषणले वाक्क लाग्यो । आफूहरू २०४८ सालदेखि सडक, बिजुलीबत्ती र खानेपानीको समस्याबाट ग्रसित भइरहेको तर नेताको भाषण भने आकाश धर्ती छुनेजस्तो रहेको मुक्तिरामले बताए । ‘‘हामी अहिले पनि आधारभूत आवश्यकताको माग गरिरहेका छौंँ तर नेता भने हाम्रो कल्पना भन्दा बाहिरको कुरा गरे  । हामीलाई चिल्ला भाषण होइन, सडक, बिजुली र खानेपानी चाहियो ।” उनले  पहिलो विकास अन्तर्गत स्थानीयवासीको आधारभूत आवश्यकता पूरा हुनुपर्ने माग राखे । 

सोही ठाउँका अर्का स्थानीय विष्णुप्रसाद न्यौपानेले पनि आफूहरूको समस्या एकातिर नेताको कुरा अर्कोतिर भइरहेको बताए । उनले नेपालभन्दा पछाडि परेका कैयौँं देश अहिले विकासको शिखरमा पुगेको तर आफूहरू अहिले पनि सडक, बिजुली र खानेपानीको समस्याबाट ग्रसित भइरहेको उल्लेख गरे । दिगामको सातमुरेका स्थानीय तारापति ज्ञवालीले आफूहरूलाई सडकको निकै समस्या भएको बताए । सातमुरेका स्थानीयवासी हिउँदमा सडक धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने समस्याबाट ग्रसित भइरहेका छन् । “हाम्रो गाउँमा आउने सडक लुम्छादेखि सातमुरेसम्म निकै जोखिम सडक भएकाले बर्सेनि सास्ती खेप्न बाध्य भएका छौंँ” स्थानीयवासी ज्ञवालीले भने, “यो सडकको स्त्तरोन्नति गरेर ग्राभेलसँगै कालापत्र पनि हुनुप¥यो ।” उनले यस सडक तत्काल बनाउन उम्मेदवारसँग माग राखे  । 

सोही ठाउँका अर्का स्थानीयवासी लोकनाथ पन्थले पनि आफूहरू लुम्छादेखि सातमुरेसम्मको सडकबाट निकै समस्या रहेको गुनासो गरे  । पन्थले पहिले सडक सुधार, दोस्रो खानेपानी व्यविस्थत र तेस्रो नियमित बिजुली बत्तीको माग राखे । उनले जसले जिते पनि दिगामवासीको लागि यी समस्याको समाधान हुनैपर्ने माग उम्मेदवारसँग राखेको बताए । अर्का स्थानीयवासी सुमित्रा पन्थले पनि दिगामवासीका लागि लुम्छमदेखि सातमुरेसम्मको सडक अपरिहार्य भएको बताए । उनले यस सडकले दिगामको भविष्य बदल्ने भएकाले उम्मेदवारले जितेपछि सडकको सुधार गर्न नितान्त आवश्यक रहेको बताएका छन् ।  

यी मात्र होइन, ग्रामीण क्षेत्रका अधिकांश स्थानीय अहिले पनि सडक, बिजुली र खानेपानीको समस्याबाट ग्रसित छन् । स्थानीयवासीले निर्वाचनको लागि गाउँगाउँमा आएका उम्मेदवासँग दुई दशकदेखि सडक, बिजुली र खानेपानी माग्दै आए पनि अझै समस्याको समाधान भने हुनसकेको छैन । अहिले पनि टोलटोलमा आएका उम्मेदवारसँग स्थानीयवासीले आफूहरूलाई भइरहेका समस्या राखे पनि पूरा हुने विश्वास आफूहरूमा नभएको स्थानीयवासी बताउँछन् । 

सिद्धबाबाको जोखिम कायमै

छत्रकोट गाउँपालिका–४ का स्थानीय नारायण पाण्डेले गुल्मीले पटकपटक मन्त्री र केन्द्रीय नेता पाउँदा पनि सिद्धबाबाको जोखिम कायमै रहनु लाजमर्दो रहेको बताए  । गुल्मेलीले हरेक वर्ष सिद्धबाबाको जोखिमयुक्त सडकका कारण अकालमा ज्यान गुमाउनु परेको छ । पाण्डेले भने, “नेता र मन्त्री हुनेले यसतर्फ चासो नेदाएनन्, हामीलाई सधैंँ जोखिममा हिँड्न बाध्य बनाउने अवस्थाले विकास हुँदैन ।” सिद्धबाबामा निर्माण हुने भनिएको सुरूङमार्ग निर्माणमा ढिलाइ भइरहँदा पनि नेता बोल्न नसकेको पाण्डेले आरोप लगाए  । “घरबाट जाँदा सधँै बुटवलको गोलपार्क पुगेको र घर आउँदा दोभान आइसकेको खबरले मात्र घरपरिवार उत्साहित हुने अवस्थाले नेतालाई नछुने रहेछ” उनले भने । सिद्धबाबा सडक मात्र नभइ दिगामवासीलाई स्थानीय सडक, बिजुली र व्यवस्थित खानेपानीको समस्या रहेकाले उक्त समस्याको समाधान हुनुपर्ने पाण्डेले माग राखे । 

आरोप–प्रत्यारोपमा उम्मेदवार

दिगामका स्थानीय नीलकण्ठ न्यौपानेलाई उम्मेदवार आरोप–प्रत्यारोपमा बढी केन्द्रित देख्दा दिक्क लाग्छ । उम्मेदवारहरू विकास निर्माणका काम मात्र नभइ चुनावी कार्यक्रमका लागि टोलटोलमा जाँदा आफ्ना एजेण्डातर्फ ध्यान नदिने तर एकापसको गालीगलौजमा भने बढी केन्द्रित हुनेगरेको उनले बताए  । यहाँका स्थानीयवासीले २०४८ सालदेखि निरन्तर उम्मेदवासँग सडक, बिजुलीबत्ती र खानेपानीको समस्या राख्दै आएका छन् । निर्वाचन जितेपछि नेता गाउँ नफर्किने बानीले स्थानीयवासीको समस्यामा केही परिवर्तन आउन सकेको छैन ।

उनले दिगामलगायत क्षेत्र नं १ मा विकास नहुनुको कारण पनि नेताहरूको श्रेयको होडबाजीको कारण भएको दाबी गरे । उनले भने,  ‘‘क्षेत्र नं १ का अन्य धेरै ठाउँमा एक नेताले गरेको काममा अर्को नेताको बेवास्ताका कारण विकासका निर्माणका काम पूरा नभएको हो ।’’ विसं २०६४ देखि नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा (एमाले)का प्रदीप ज्ञवालीले पालैपालो चुनाव जित्दै आएका छन्  । यसपटकको निर्वाचनमा पनि उनीहरु दुबै जनाबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीयवासीले राखेका समस्यालाई उम्मेदवारले आफूलाई विजयी बनाएमा समस्याको समाधान हुने आश्वासन व्यक्त गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending