Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पहिराले क्षति पुर्याएको ७ वर्षसम्ममा पनि जलविद्युत् आयोजना मर्मत हुन सकेन

खबरडबली संवाददाता
मान्म कालीकोटको सान्नीगाड जलविद्युत् आयोजना पहिराले क्षति पुर्याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन । विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत्् केन्द्रमा क्षति पुर्याएको हो ।  
 
जलविद्युत् आयोजनाको २०६५ सालदेखि सञ्चालनमा आएको थियो । विसं २०७२ को पहिरो क्षति पु¥याएको जलविद्युत् आयोजना रु करोड ३१ लाख लगानी गरी कुलो मर्मत गरिए पनि सञ्चालनमा नआउँदै २०७६ साउन २ मा पुनःपहिरो गएको थियो । 
 
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा विद्युत् सेवा दिँदै आएको आयोजना बन्द भएपछि अहिले त्यहाका बस्ती विद्युत सेवाविहीन बनेका छन् । बिद्युत आयोजनाले दुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्दै आएकोमा पहिराले क्षति पु¥याएपछि बन्द भएको नेपाल विद्युत् प्राविकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायण पौडेलले बताए  । 
 
“पहिरो पन्छ्याएर आवश्यक मर्मत गरी उत्पादन थाल्न पुनः‘सर्भे रिपोर्ट’ र ‘लागत इस्टिमेट’सहित गत फागुनमा नेपाल विद्युत् प्राधिकरणमा पत्राचार गरिएको थियो”, उनले भने, “अहिलेसम्म त्यसको मर्मत तथा पुनःनिर्माणका लागि कुनै पहल भएको छैन ।”
 
सान्नीगाड जलविद्युत् आयोजना बन्द हुँदा त्यसको विकल्पका रुपमा २०७६ को कात्तिकदेखि विद्युत् वितरण केन्द्रले कालीकोटको खाडाँचक्र–३ ताडी बसपार्कमा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी झन्डै एक वर्ष सुविधा दिएको थियो । अहिले सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइन पुगेका कारणले जेनेरेटर सेवा बन्द गरिएको केन्द्रका प्रमुख पौडेलले बताए  । 
 
“सदरमुकाममा त राष्ट्रिय लाइन जोडिएको छ । अहिले यहीँबाट विद्युत् सेवा दिइरहेका छौँ”, उनले भने, “त्योसँगै ग्रामीण बस्तीमा विद्युतीकरण गर्ने कार्यक्रम भएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतमा ध्यान नगएको होला ।”
 
जिल्ला सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जोडिएको भए पनि ग्रामीण बस्तीमा विद्युत्को पहुँच नभएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा गएर नै आफूले माग गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसीले जानकारी दिए  । “विद्युत्गृहसम्म पुग्ने कुलो र मेसिन मर्मतको आवश्यकता रहेको छ”, उहाँले भन्नुुभयो, “क्षमता विस्तारका लागि हामीले पहल थालेका छौँ ।”
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending