गलकोट । दुई वर्षअघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन थालेको छ ।
बिहानै कुँवाको पानीलाई पाइपमार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने उनको अहिले आँगनमै २४सैँ घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको ‘एक घर एक धारा’ले दैनिक जीवनमै परिवर्तन ल्याएकोे बताइन् । धम्जाका चार गाउँको तीन सय घरमा खानेपानीको धारा पुगेपछि त्यहाँका बासिन्दमा जीवन यापनमा सुधार भएको हो ।
“बिहानै उठेपछि पानीको जोहोमै लाग्नुपर्दथ्यो, खानेपानीको अवस्था लथालिङ्ग थियो, कुँवाको पानी पाइपबाट ल्याएर खानुपर्ने अवस्था थियो अहिले एक घर एक धाराले परिवर्तन ल्याइदिएको छ”, भण्डारीले भनिन्, “अहिले आँगनमा नै पानीको धारो छ, आवश्यक पर्दा प्रयोग गरे भैगो, समयको बचत हुँदा खेतीपाती र बाख्रा भैँसीलाई समय दिन थालिएको छ ।”
पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेशको क्रमागत योजनाअन्तर्गत धम्जाका माझकटेरा, द्वारा, ओख्ले, असौजेको केही भागमा गरी तीन सय खानेपानीका धारा जडान गरिएको छ । यस्तै खानेपानीको चरम समस्या रहेको धम्जा गाउँ र सायकेटरा गाउँमा खानेपानीका लागि एक घर एक धारा निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट यो वर्ष ठेक्का प्रक्रियामा जाने गरी काम अघि बढाइएको काठेखोला गाउँपालिका–३का वडाध्यक्ष कुलबहादुर विकले बताए ।
खानेपानीको समस्या र सकस बेहोर्न बाध्य धम्जाका तीन सय घरधुरीमा खानेपानीको पहुँच पुगेपछि विकासको महसुस भएको स्थानीय रिमाकुमारी थापाको भनाइ थियोे ।
खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घरमै धारा आए पछि दङ्ग परेका छन् । पैँतीस वर्षअघि मात्रै खानेपानी आयोजना सञ्चालन भएर सामुदायिक धारा निर्माण गरिएको यस गाउँमा त्यसयता खानेपानीको दुःख झेल्नुपर्ने अवस्था रहेको थियो ।
कतिपयलाई कुँवाको भर र कतिलाई सामुदायिक धारामा घण्टौँ लाइन लाग्नुपर्ने अवस्था रहेकामा खानेपानी आयोजना सफल भएपछि सहज भएको धम्जा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिए । उक्त आयोजनाअन्तर्गत १० उपआयोजनामार्फत खानेपानी वितरण गरिएको छ ।
“खानेपानीको निकै दुःख रहेको धम्जामा अहिले सहज भएको छ, साविकका दुई गाउँमा मात्रै अहिले खानेपानीका लागि प्रक्रियामा छ”, उनले भने, “विभिन्न खानेपानीको मुहानबाट पानीलाई १५ वटा खानेपानीका विभिन्न क्षमताका ट्याङ्की निर्माण गरी घरघरमा खानेपानीका धारा पु¥याइएको हो, अहिले खानेपानीको धारा घरमै पुगेका जनताले आफ्नो दिनचर्या फेरिएको बताए ।”
धम्जामा रु सात करोडको लागतमा तीन सय घरमा खानेपानीको धारा पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए । पानी सङ्कलन गर्न पाँच हजारदेखि ३० हजार लिटर क्षमताको ट्याङ्की, आठ किलोमिटर लामो मुख्य पाइप लाइन तथा २५ किलोमिटर लामो वितरण लाइनमार्फत घरघरमा खानेपानी पु¥याइएको छ ।
भएका मुहान सुक्दै जाने, मर्मत नहुने लगातारका समस्याका कारण धम्जामा खानेपानीको चरम सङ्कट रहँदै आएकामा विगत दुई वर्षयता एक घर एक धारा निर्माण भएसँगै सहज भएको हो । धम्जाको शिरमा रहेको ढङ्डुले, मथे, आरपानी, बिसौनालगायत १५ मूललाई विभिन्न ट्याङ्कीमा जम्मा गरेर खानेपानी वितरण गरिएको छ । मिटर जडित धाराका कारण खानेपानी खेर जाने सम्भावना न्यून रहेको स्थानीयवासी शिव भण्डारीले बताए ।
“खानेपानीको दुःख ट¥यो, अहिले पानीका लागि समय व्यवस्थापन गर्न आवश्यक छैन”, उहाँले भन्नुभयो, “खानेपानीको धारमा मिटर जडान गरिएकाले पानीको सही प्रयोग भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: