Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपाली राजनीतिमा महिला कमजोर छैनन् भन्ने प्रमाणित गर्छु –ओनसरी

खबरडबली संवाददाता

काठमाडौं। नेपालको पहिलो महिला सभामुख हुन ओनसरी घर्ती। रोल्पा जिल्लाको जंकोट –१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा वि.सं. २०३४ कार्तिक २८ गते जन्मिएकी घर्ती सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचि राख्ने उनी पढाइमा पनि उत्तिकै तेज थिइन्। औपचारिक रूपमा माध्यमिक तहसम्मको अध्ययन पूरा गरेपछि भने उनी राजनीतिमा सक्रिय भइन्।

२०४६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य हुँदै तत्कालिन नेकपा (एकता केन्द्र)को पार्टी सदस्यता प्राप्त गरिन्। माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुन्। विसं २०५२ मै माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गरेकी उनी माओवादीको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी हुँदै सशस्त्र दश वर्षे जनयुद्धमा भूमिगत जीवन बिताइन्।

नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख भइन्। यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसकेकी घर्तीले वि.सं. २०७२–०७४ सम्म सभामुख बनिन्। २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भइन्। त्यस्तै ०६४ र ०७० मा समानुपातिक सांसद बनिन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश–५ की अध्यक्ष पनि हुन्। हाल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य पनि छन्।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी नेतृ घर्तीले देशको विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताएकी छन्। घर्तीसँग प्रेस सेन्टर नेपालका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः

तपाई नेपालको पहिलो महिला सभामुख । तपाईको कार्यकालमा गर्नुभएका राम्रा कामहरु केके हुन् ?

मैले मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो । म सभामुख भएका बेला मेरो विशेष पहलमा महिला हकहित तथा संघ÷प्रदेश र स्थानीयको आवश्यकताका आधारमा कानुन परिमार्जन गरियो । वर्षाेदेखि जरा गाडेर बसेको मुलुकी ऐनलाई परिमार्जन गर्न सकियो । मौलिक हकसम्बन्धी विभिन्न कानुन निर्माण भयो । उत्तम कुरा त महिला हक हितका लागि कानुन निर्माण गर्न सफल भएँ । महिलाको ४० प्रतिशत सहभागिता, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखमा एक महिला नै हुनुपर्ने भन्ने मेरै बेलामा भएको हो । त्यस्तै पैतृक सम्पत्तिमा जम्नसिद्ध छोरा सरह छोरीको पनि समान हक हुनुपर्ने व्यवस्था ल्याइयो ।

तपाईका चुनावी एजेण्डाहरु केके छन् ?

हरेक तह र तप्काका जनसमुदायको भावनालाई सम्बोधन हुने गरी कानुन निर्माण गर्ने । विकास निर्माणका सवालमा जनताको पहुँच सरकारसम्म पुर्‍याउनेछु। स्थानीय तवरमा शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने छु । कागेश्वर मनोहरालाई स्पोर्ट सिटी बनाउने र काठमाडौं महानगरपालिकभित्र पर्ने वडा नं. ९ र ३२ को शहरलाई कोर सिटी अर्थात सफा, सुन्दर र गुणस्तरीय विकास गराउने छु । यस क्षेत्रमा रहेका करिडोरको समस्यादेखि जग्गा एकीकरणको समस्या, मुआब्जाका समस्यालगायत विभिन्न समस्याहरु समाधानका लागि पहल गर्नेछु । जनताको गाँस बास र कपासको व्यवस्था तथा जनताको दैनिक जीवनमा आईपर्ने खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सुधारका लागि विशेष पहल गर्नेछु ।

यस क्षेत्रको मुख्य समस्याहरु के के छन् ? तपाईले जित्नुभएपछि ति समस्या समाधान गर्नुहुने छ ?

यहाँ मुख्यतः बाटोको समस्या छ। त्यस्तै यहाँ खानेपानीको बिकराल समस्या छ । जहाँ मेलम्चीको पानीको पहुँच नपुगेको स्थान पनि छ, सुन्दरी जलको पहुँच नभएको स्थान पनि छ । अव्यवस्थित करिडेर, अव्यवस्थित ढल निकास तथा जग्गा एकीकरणको कुरा समयमै कार्यान्वयन नहुँदा जनतामा समस्यामा छन् । त्यस्तै सफा सुन्दर र गुणस्तरीय विकास हुनुपर्ने जनताको माग छ । नजिकै रहेको शिवपुरी वन्यजन्तु आरक्षणबाट जंगली जनावरहरु आएर मानिसलाई क्षति पुर्‍याउने समेत गरेका छन् । त्यसको व्यवस्थापन समेत गर्नुछ ।

तपाई रोल्पाको मान्छे, किन काठमाडौंबाट चुनाव लड्ने निर्णय गर्नुभयो ?

मेरो उम्मेदवारी महिलाहरुको प्रतिनिधित्व र प्रोत्साहन स्वरुप हो । त्यस्तै मेरो पार्टी र गठबन्धनले यस क्षेत्रमा नै महिला उम्मेदवार हुनुपर्छ भनेर निर्णय ग¥यो । त्यस्तै एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन । जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ । म पनि जनताको सेवा गर्न तम्तयार भएकी हुँ । मलाई अवसर दिनुस् । म गरेर देखाउनेछु । अर्काे कुरा काठमाडौं भनेको विज्ञ र वृद्धिजिवीहरुको बसोबास रहेको स्थान पनि हो, यहाँ उनीहरुसँगै बसेर काम गर्दा सिकेका ज्ञानहरुलाई मैले रोल्पा मात्रै होइन, देशैभरी बाँड्न सक्छु ।

यो निर्वाचनमा माओवादीलाई नै मत किन दिने ?

यस पटक जनताले हाम्रो गठबन्धनलाई मत दिनुपर्छ। हामी प्रतिगमनको विरुद्धमा र परिवर्तनको पक्षमा उभिएका छौं। संविधानको रक्षा र स्थिर सरकार बनाउँदै जनताको समृद्धिको लक्ष्य राखेका छौं । परिवर्तन खोजिरहनु भएका जनताले गठबन्धनलाई भोट दिनुहुन्छ । त्यस्तै यो पटक महिलालाई भोट दिनुहोस् भन्न चाहन्छु । महिला कमजोर छैनन् । काम गर्न सक्छन् भन्ने म प्रमाणित गरिदिनेछु ।

आम मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

जनसमुदायहरुले मलाई निकै स्वागत गर्नुभएको छ । उहाँहरुले आफ्नै छोरी, चेली, दिदी बहिनीको रुपमा लिनुभएको छ । समुदायहरुसँग हाम्रो छलफल हुन्छ । त्यसबेला उहाँहरुको तर्फबाट पनि केही प्रश्नहरु आउँछन्, म त्यसको जवाफ दिन्छु र उहाँहरु मबाट निकै आशावादी पनि हुनुहुन्छ र मलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । २ नम्बर क्षेत्रका वासिन्दाहरुमा एक प्रकारको उत्साह छ ।

चुनाव जित्नेमा कत्तिको विश्वास छ ?

चुनाव जित्नेमा म ढुक्क छु । उसैपनि गठबन्धनको मतले हामी धेरै माथि छौ। त्यस्तै चुनावी प्रचार प्रसारमा जनताको प्रतिक्रियाले पनि हामी निकै अगाडि छौं ।

 

 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending