Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बाँके २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीचको प्रतिस्पर्धा रोचक बन्दै

खबरडबली संवाददाता

बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । 

जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वनगरप्रमुख डा धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहनुभएको छ । दुवै उम्मेदवारले नेपालगञ्जमा विकासको एजेण्डालाई प्राथमिकता दिएका छन् ।

डा राणा नेपालगञ्ज उपमहानगरपालिकामा दुई कार्यकाल नगर प्रमुख भएर विकासप्रेमी नेताका रुपमा छवि बनाएको छ भने राईले पछिल्लोपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा सडक र पुलका योजना ल्याएर धमाधम शिलान्यास गरी चर्चित भएका छन् । राई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला डा राणा नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा विजयी भएका थिए।  

“अहिले परिस्थिति फेरिएको छ । यहाँ कसले जित्छ यसै भन्ने स्थिति छैन”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्न्छन् “पूर्वमन्त्री र प्रमुखको चर्चा छ ।”

राप्रपाका उम्मेदवार राणालाई जिताउन बाँके क्षेत्र नं २ मा नेकपा ९एमाले०ले चुनावी तालमेल गरेको छ । प्रतिनिधिसभामा राप्रपा र दुईवटै प्रदेशसभामा एमालेका उम्मेदवारलाई जिताउने गरी चुनावी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए। 

पूर्वमन्त्री र नगरप्रमुखको चर्चा भए पनि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको चुनावी क्षेत्र रहेको यस षेत्रमा नेपाली कांग्रेसको पकड पनि राम्रो रहेको छ । यो निर्वाचन क्षेत्रमा पर्ने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । 

नेपाली कांग्रेसबाट यहाँ सुदीप नरसिंह राणा उम्मेदवार बन्नुभएको छ । उहाँ सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार बनेको हो । 

राप्रपा र नेपाली कांग्रेसका उम्मेदवार जिताउन चुनावी गठबन्धन र तालमेल भइरहँदा पूर्वमन्त्री एवं जनता समाजवादीका नेता राई भने यो निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । तीनवटै उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउनेक्रम जारी छ । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: