काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारबाही गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीले नगरपालिकाभित्र व्यवसाय दर्ता नगरेको पाइएकाले ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही गर्ने बताए । “नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ”, नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तारकेश्वर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम व्यवसाय दर्ता सम्बन्धमा चालु आर्थिक वर्ष २०७९/८० मा हाल एकपटकका लागि चालू आव २०७९/८० भरी यसभन्दा अगाडि व्यवसाय सञ्चालन गरी नियमअनुसार वडा कार्यालयमा दर्ता नभएका सम्पूर्ण व्यवसायलाई चालु आवलाई नै आधार वर्ष मानी व्यवसाय दर्ता गरिने बताइएको छ । व्यवसाय नवीकरणका सम्बन्धमा भने यसभन्दा अगाडि दर्ता भएका तथा समयमा नवीकरण नभएका व्यवसायको हकमा नवीकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत हुन आउने रकम छुट दिने भएको छ ।
तोकिएको आवभित्र दर्ता तथा नवीकरण नभएका व्यवसायीको हकमा नगरपालिकाले आव २०७२/७३ लाई नै आधार वर्ष मानी कर तथा जरिवाना रकमसमेत असुल गरिने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: