Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण

खानेपानी र बिजुलीबाट हजारौँ वञ्चित

खबरडबली संवाददाता

काठमाडौं । संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्।

उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत्‌ प्रणालीमा आक्रमण भएको छ।

रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको छ।

मस्कोस्थित रक्षा मन्त्रालयले "तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको" दाबी गरेको छ।

युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले ५० वटा क्रुज क्षेप्यास्त्रमध्ये ४४ वटा खसालिदिएको त्यहाँको वायुसेनाले जनाएको छ।

युक्रेनका प्रहरी प्रमुखले रुसी आक्रमणमा १३ जना घाइते भएको जानकारी दिए पनि हताहत भए वा नभएकोबारे कुनै विवरण आएका छैनन्।

यसअघि रुसले गाभेको क्राइमियास्थित ब्ल्याक सी क्षेत्रमा आफ्ना पानीजहाजहरूमाथि ड्रोन हमला गरेको आरोप युक्रेनमाथि लगाएलगत्तै रुसले आक्रमण चर्काएको हो।

किएभका मेयर भिटाली क्लित्स्कोले सहर नजिकैको ऊर्जा केन्द्रमा रुसी आक्रमणबाट क्षति भएका कारण पानीको अभाव भएको बताए।

उनका अनुसार आंशिक रूपमा पानीको आपूर्ति पुनः सुरु गर्न तीनदेखि चार घण्टासम्म लाग्न सक्छ।

अवरुद्ध विद्युत् आपूर्ति पुनः सुरु गर्न इन्जिनियरहरूलाई तत्कालै परिचालन गरिएको मेयरले बताएका छन्।

अधिकारीहरूले "प्रभावकारी हवाई प्रतिरक्षा बलका कारण किएभ क्षेत्रमा कुनै पनि प्रहार नभएको" बताएका छन्।

सोमवार बिहान मध्य युक्रेनको भिनित्सिया क्षेत्रका साथै दक्षिण पूर्वी दिनिपोपोत्रोभ्स्क र जापोरिजा अनि पश्चिम युक्रेनका लभिभ क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएका विवरण आएका थिए।

जापोरिजा क्षेत्रको दिनिपो जलविद्युत् उत्पादन केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार भएको बताइएको छ।

युक्रेनका १० वटा क्षेत्रमा रहेका १८ वटा स्थानमा प्रहार भएको र तीमध्ये अधिकांश ऊर्जा उत्पादन केन्द्रहरू रहेको युक्रेनी प्रधानमन्त्री डेनिस श्मीहलले बताएका छन्। उनले सातवटा क्षेत्रका सयौँ बस्तीमा विद्युत् आपूर्ति ठप्प भएको दाबी गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE