काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा १०० भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।
मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे।
विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। उक्त राज्यका एकजना मन्त्री ब्रिजेश मेर्जाका अनुसार ८० जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ।
मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो। २३० मिटर लामो औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो।
स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो। आइतबार साँझ ६:४० तिर उक्त दुर्घटना भएको थियो।
एकजना प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताए अनुसार पुल खस्दा त्यहाँ धेरै बालबालिकाहरू थिए। प्रतीक वसावा समेत त्यसबेला पुलमा हुनेमध्येका हुन्।
उनले दुर्घटनापछि आफू कसरी पौडी खेलेर नदी किनारसम्म पुगे भन्ने कुरा एक गुजराती टेलिभिजनलाई बताएका छन्।
कैयौँ बालबालिका नदीमा खसेको बताउँदै उनले थपे: "मैले केहीलाई आफूसँगै तान्न खोजेको थिएँ तर उनीहरू डुबिसकेका वा बगिसकेका थिए।"
भिडिओहरूमा देखिए अनुसार साँझ गहिरिँदै जाँदा नदीमा फसेकाहरूको उद्धार प्रयासमा किनारामा मानिसहरूको भिड लागेको थियो।
अर्को एउटा भिडिओमा पानीमा लत्रिरहेको पुलका भग्नावशेषमा चढ्दै मानिसहरू फसेका मानिसहरू पानीबाट निस्कन खोजेका देखिन्थे।
आसपासका जिल्लाहरूबाट पठाइएका आपत्कालिन उद्धारकर्ताहरूले रातभर काम गरेका छन्। पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन।
तर स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन्।
सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा दिउसैदेखि त्यहाँ पैदलयात्रीको उच्च भिड देखिन्थ्यो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू उक्त "दु:खद् घटनाबाट स्तब्ध" बनेको बताएका छन्।
उनी आफ्नो गृहराज्य गुजरातको तीनदिने भ्रमणमा छन्। उनले घाइते र मृतकका परिवारका लागि क्षतिपूर्ति घोषणा गरेका छन्।
बीबीसी हिन्दीका अनुसार गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख रूपैयाँ र घाइतेका लागि ५० हजार रूपैयाँ दिइने घोषणा गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...
पौष १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएक...
पौष १३ गते, २०८२ - ०७:२५
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् । अधिकांश...
पौष १३ गते, २०८२ - ०७:१७
महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्याउन र ...
पौष १३ गते, २०८२ - ०७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ। दुई ज...
पौष १३ गते, २०८२ - ०७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेनबीच लिखित सहमति भएको छ। दुई ज...
पौष १३ गते, २०८२ - ०७:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता गर्ने सहमति भएको छ। ...
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...




प्रतिकृया लेख्नुहोस्: